ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सरसफाइ उन्मुख दार्मा घोषणा अभियान तिव्र आज तीन टोल घाेषणा सहित पाेषण मेला सम्पन्न

सरसफाइ उन्मुख दार्मा घोषणा अभियान तिव्र आज तीन टोल घाेषणा सहित पाेषण मेला सम्पन्न

सल्यान, असार १४।

सल्यानकाे दार्मा गाउँपालिका पुर्ण सरसफाइ उन्मुख घाेषणा कार्यक्रम अभियानलाई पालिकाले तिब्र बनाउँदै आज तीन वटा टाेल पुर्ण सरसफाइ उन्मुख घाेषणा सहित पाेषण मेला कार्यक्रम सम्पन्न गरिएको छ।

विज्ञापन

दार्मा गाउँपालिका सल्यानकाे आयाेजनामा आयाेजना गरिएको घाेषणा कार्यक्रममा जिल्ला समन्वय उप- प्रमुख असुवीर बुढाथोकी, दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी, उपाध्यक्ष जुना मल्ल, प्रमुख प्रशासकीय अधिकृत रेशम वली सहित बृहत जनसमुदायको उपस्थितिमा दार्मा

गाउँपालिका–१ स्थित सिमलपुर टोल विकास संस्था, दार्मा गाउँपालिका–३ का बाँस्ठाना खलटाकुरी र डाँडागाउँ टोल विकास संस्थालाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएकाे गरिएको हाे।

 

पूर्ण सरसफाइका सूचकहरू पूरा गर्न समुदायस्तरमा देखिएको सक्रिय सहभागिता र प्रतिबद्धताको कदर गर्दै आयोजित कार्यक्रममा तीनवटै टोललाई बधाई दिँदै पूर्ण सरसफाइको अवस्था दिगो रूपमा कायम राख्न निरन्तरताकाे प्रतिबद्धता गरिएको छ।

पुर्ण सरसफाइ उन्मुख टाेल विकास संस्था घाेषणा कार्यक्रममा पालिकास्तरीय पोषण मेला तथा पोषण र पूर्ण सरसफाइ सम्बन्धी दोहोरी प्रतियोगिता समेत सम्पन्न गरिएको छ।

कार्यक्रममा पोषण, सरसफाइ, स्वस्थ जीवनशैली तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न प्रदर्शनी, सचेतनामूलक गतिविधि र सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता