ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सल्यानमा पहिलोपटक पानी सम्मेलन: सुरक्षित खानेपानी सुनिश्चिततामा जाेड

सल्यानमा पहिलोपटक पानी सम्मेलन: सुरक्षित खानेपानी सुनिश्चिततामा जाेड

सल्यान, असार १४

सल्यानमा पहिलोपटक खानेपानी सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले खानेपानी सुनिश्चितताकाे लागि पहिलो एजेन्डाका रुपमा जाेड दिएको छ।

विज्ञापन

“सबैका लागि सुरक्षित पानी, सबैको साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ छत्रेश्वरी गाउँपालिकाको वास (WASH) इकाइको आयोजनामा छत्रेश्वरी गाउँपालिका–६ स्थित शंखपार्कमा पहिलोपटक पानी सम्मेलन सुरक्षित खानेपानी सुनिश्चितताकाे एजेन्डा पारित गर्दै सम्पन्न भएको हाे

सम्मेलनले सहभागीलाई सहज सम्मेलनमा सहभागीताकाे लागि शंङ्क पार्कमा पानीका कुडा अर्थात ‘पानीका कुरा’ कार्यक्रमबाट पालिकाका ७ वटै वडाका ८२ वटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष तथा प्रतिनिधिहरूलाइ

सम्मेलनमा सुरक्षित खानेपानी सुनिश्चितताकाे लागि पानीका कुरा मार्फत खानेपानीमा भएको समस्या,चुनाैती,र स्थानीय सरकारबाट भएको पहल बारे सरकार र उपभोक्ता बीच पानी “विशेषज्ञ समूह छलफल” गरिएको थियाे।

छलफलमा उपभोक्ता समितिबाट उठेका जिज्ञासा,गुनासा, सल्लाह,सुझाव र सरकार र वास संग जाेडिएका प्रश्नकाे जवाफ पालिका अध्यक्ष,ओेजबहादुर बुढाथोकी,उपाध्यक्ष बुद्धा कुमारी खत्री,प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी ,वास सहायता बिज्ञ इन्द्रराज बडु, वास सल्लाहकार गुम्म नेपाली, वास इकाई प्रमुख दिपेन्द्र शाहीले दिनुभएको थियोे ।


कार्यक्रममा विशेषज्ञ समूह छलफल पछि सेवा सहायता केन्द्रका विज्ञ इन्द्रराज बडु, वास सल्लाहकार गुम्म नेपाली खानेपानी उपभोक्ता समितिको भूमिका, दिगो व्यवस्थापन, सुरक्षित खानेपानी र सरसफाइका विषयमा अभिमुखिकरण गर्नुभएको थियोे ।

छत्रेश्वरी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष टिकाराम बुढाको अध्यक्षता पत्रकार महासंघ जिल्ला शाखा सल्यान अध्यक्ष डिल्ली राज रावतले सहजीकरण गर्नुभएको कार्यक्रममा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री तथा प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले गाउँपालिकाले खानेपानी तथा सरसफाइ क्षेत्रमा हालसम्म गरेका लगानी, उपलब्धि, चुनौती र आगामी योजनाबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार तथा अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममाबाट सम्मेलनले घाेषणापत्रमा जारी गर्दै सम्पन्न भएको हाे ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता