ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
शारदा नगरपालिका द्वारा सार्वजनिक विदाका दिनमा भुक्तानी सेवा थालनी 

शारदा नगरपालिका द्वारा सार्वजनिक विदाका दिनमा भुक्तानी सेवा थालनी 

शारदा नगरपालिका द्वारा सार्वजनिक विदाका दिनमा भुक्तानी सेवा थालनी

असार १३ सल्यान

विज्ञापन

सल्यानकाे शारदा नगरपालिकाद्वारा सार्वजनिक विदाका दिनमा भुक्तानी सेवा थालनी गरिएको छ।

नगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ काे याेजना कार्यान्वयन तथा आर्थिक पारदर्शिता र उपभोक्ताहरुलाई याेजनाका काममा थप सरल सेवा प्रवाहलाई जनमुक्ति बनाउन सार्वजनिक विदाका दिनमा भुक्तानी सेवा प्रक्रिया थालनी गरिएको हाे।

नगरपालिकाले जारी गरेकाे सुचनाका आधारमा २०८३ साल असार १३ गते देखि १५ गतेसम्म सार्वजनिक बिदा परेता पनि, भुक्तानी प्रक्रियालाई शीघ्रता प्रदान गर्न समयको पाबन्दीलाई मध्यनजरमा राखी, उक्त बिदाका दिनहरूमा समेत भुक्तानीका लागि आवश्यक कागजातहरू पेश गर्नु हुन सम्बन्धित सबैमा जानकारी गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिचन्द्र बुढाले बताउनुभयो ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता