कपुरकाेटमा न्यायिक समिति र मेलमिलाप कर्ताहरुलाई दुई दिने क्षमता अभिवृद्धि तालिम
असार १३ सल्यान।
कपुरकोटमा न्यायिक समिति र मेलमिलाप कर्ताहरुलाई दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
कपुरकोट गाउँपालिका सल्यानकाे आयाेजनामा आयाेजना गरिएको न्यायिक समिति तथा मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने तालिम कपुरकाेटमा सम्पन्न भएको हाे।
तालिममा मेलमिलापकर्ताहरूलाई न्यायिक सचेतना, स्थानीय तहमा न्याय सम्पादन प्रक्रिया, विवाद समाधानका वैकल्पिक उपाय तथा मेलमिलाप प्रक्रियाका व्यावहारिक पक्षबारे पुनर्ताजगी गराइएको थियो।
तालिमबाट मेलमिलापसम्बन्धी ज्ञान, सीप र व्यवहारिक क्षमतामा अभिवृद्धि भएको सहभागीहरुले बताउनुभएको छ।
समुदायस्तरमा उत्पन्न हुने विवादलाई संवाद र मेलमिलाप मार्फत समाधान गर्न सक्षम जनशक्ति तयार पार्नु नै तालिमको मुख्य उद्देश्य रहेको आयाेजकले बताएको छ।
मेलमिलापको संस्कृतिलाई सुदृढ बनाउन यस्ता
यस्ता कार्यक्रम थप प्रभावकारी हुने भएकोले मेलमिलाप संस्कृति विकास गरे व्यक्ति परिवार, समुदाय समाजमा हुने द्वन्द न्यूनीकरण मा पहल हुने बताएको छ।
“मेलमिलापको माध्यमबाट विवादको समाधान गर्नु भनेको समतामूलक, न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्नु हो।” भन्ने सन्देशका साथ कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।
#कपुरकाेटमा न्यायिक समिति र मेलमिलाप कर्ताहरुलाई दुई दिने क्षमता अभिवृद्धि तालिमसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा