वनगाड कुपिण्डे नगरपालिकाले सार्वजनिक बिदाका दिनमा भुक्तानी दिने
वनगाड कुपिण्डे नगरपालिकाले सार्वजनिक बिदाका दिनमा भुक्तानी दिन
सल्यान, असार १२
सल्यानको वनगाड कुपिण्डे नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को अन्त्य नजिकिँदै गर्दा बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा आर्थिक दायित्व समयमै फर्छ्यौट गर्ने उद्देश्यले सार्वजनिक बिदाका दिनमा भुक्तानी सेवा सञ्चालन गर्ने भएको छ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार महालेखा नियन्त्रक कार्यालयको निर्देशन बमोजिम आगामी असार २५ गतेसम्म आर्थिक प्रशासन शाखाबाट सार्वजनिक बिदाका दिनमा पनि नियमित रूपमा भुक्तानी सेवा उपलब्ध गरिने बताइएको छ।
नगरपालिकाले वडा कार्यालय, विषयगत शाखा, योजना उपभोक्ता समिति, निर्माण व्यवसायी, सेवा प्रदायक तथा अन्य सरोकारवालालाई भुक्तानीका लागि आवश्यक बिल, भरपाई, सम्झौता, कार्यसम्पन्न प्रतिवेदन, सिफारिस लगायत सम्पूर्ण कागजात समयमै पूर्ण रूपमा तयार गरी आर्थिक प्रशासन शाखामा पेस गर्न अनुरोध गरेको छ।
भुक्तानी प्रक्रियालाई छिटो, व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित शाखा प्रमुख, योजना शाखा, प्राविधिक शाखा, जिन्सी शाखा तथा अन्य कर्मचारीलाई आवश्यक समन्वय र सहकार्य गर्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीले जानकारी दिनुभयो।
उहाँले आर्थिक वर्षको अन्तिम समयमा अनावश्यक चाप सिर्जना हुन नदिन आवश्यक कागजात समयमै पेस गरी भुक्तानी प्रक्रिया सम्पन्न गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गर्नुभएको छ।
नगरपालिकाको यो निर्णयबाट आर्थिक वर्षको अन्तिम समयमा हुने भुक्तानी प्रक्रियालाई थप सहज, व्यवस्थित र समयमै सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भएको छ।
#वनगाड कुपिण्डे नगरपालिकाको १९ औँ नगरसभा सम्पन्नसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा