ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
छत्रेश्वरीमा राष्ट्रिय क्षयरोग कार्यक्रमको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

छत्रेश्वरीमा राष्ट्रिय क्षयरोग कार्यक्रमको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

असार ९ सल्यान।

सल्यानकाे छत्रेश्वरी गाउँपालिकामा राष्ट्रिय क्षयरोग कार्यक्रमकाे अर्धवार्षिक समिक्षा गाेष्ठ‌ी सम्पन्न भएको छ।

विज्ञापन

स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०८२/०८३काे राष्ट्रिय क्षयरोग कार्यक्रमकाे अर्धवार्षिक समिक्षा गाेष्ठ‌ी भाेटेचाैरमा सम्पन्न भएको हाे।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीको विशिष्ट आतिथ्यता रहेको थियो।


कार्यक्रममा पालिकाका सातवटै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रयोगशाला (ल्याब) कर्मचारीहरूको सहभागितामा रहेकाे अर्धवार्षिक समिक्षा गाेष्ठ‌ीकाे सञ्चालन जनस्वास्थ्य अधिकृत रिता बुढाथोकीले गर्नुभएको थियो।


गोष्ठीमा राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत हालसम्म सञ्चालन भएका गतिविधिहरूको समीक्षा गर्दै प्राप्त उपलब्धि, देखिएका चुनौती तथा सुधारका लागि थालिएका उपायबारे विस्तृत छलफल गरिएको थियो।


राष्ट्रिय क्षयरोग कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक कार्ययोजना निर्माणका विषयमा समेत सहभागीहरूबीच विचार–विमर्श गरिएको छ।

 

पालिकाकामा क्षयरोग नियन्त्रण तथा व्यवस्थापन सेवालाई थप गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री बनाउने उपायहरूबारे अनुभव आदान–प्रदान गरिएको थियो।

सहभागीहरूले पालिकाका नागरिक क्षयरोगमुक्त बनाउनका लागि स्वास्थ्यकर्मी, स्थानीय तह तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय, सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताएका थिए ।

 

समीक्षा गोष्ठीबाट प्राप्त सुझाव तथा निष्कर्षलाई आगामी कार्ययोजनामा समेट्दै क्षयरोग नियन्त्रण तथा रोकथामका लागि थप प्रभावकारी नीति अवलम्बन गरिने बताइएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता