छत्रेश्वरी २ काे जनता मा बि बुराँसेमा एक दिने अतिथि कक्षा कार्यक्रम सम्पन्न
असार ६ सल्यान
छत्रेश्वरी गाउँपालिका वडा नं. २ अन्तर्गत रहेको श्री जनता माध्यमिक विद्यालय, बुरासेटाकुरीमा एक दिने अतिथि कक्षा कार्यक्रम सम्पन्न भएको छ।
छत्रेश्वरी गाउँपालिकाकाे आयोजना जनता मा बि बुराँसे टाकुरीकाे व्यवस्थापनमा वडा नं २ काे जनता माध्यमिक विद्यालय, बुरासेटाकुरीमा एक दिने अतिथि कक्षा कार्यक्रम सम्पन्न भएको हाे।

पालिकाकाे रणनीतिक शैक्षिक याेजनाकाे लक्ष्य हासिल गर्न बिद्यालय स्तरीय शिक्षालाई डिजिटल साक्षरता, करियर विकास तथा प्रविधिको प्रयोगजस्ता समसामयिक विषयमा केन्द्रित रहेर अतिथि कक्षा कार्यक्रम सञ्चालन गरिएको छ।
गाउँपालिकाको योजनाअनुसार यस आर्थिक वर्षभित्र पालिकाभित्रका ९ वटै माध्यमिक विद्यालयमा अनिवार्य अतिथि कक्षाहरू सञ्चालन गरिने र कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गरी आगामी वर्षहरूमा समेत निरन्तरता दिने लक्ष्य लिइएको आयाेजकले बताएको छ।

अतिथि कक्षा सञ्चालन कार्यक्रम वडा नं. २ का वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री लाल बहादुर वलीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष श्री बुद्ध कुमारी खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य इन्द्रा वली ,दोलकी वि.क.को विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी गाउँपालिकाका प्रशासकीय अधिकृत जीवराज खत्री, विद्यालयका प्रधानाध्यापक लाल सिंह वली, सूचना प्रविधि अधिकृत मिलन कुमार वली, वरिष्ठ लेखा सहायक दुर्गा बहादुर के.सीले अतिथि कक्षाकाे सहजीकरण गर्नु भएको थियोे ।

विद्यार्थीहरूको उत्साहजनक सहभागिता, जिज्ञासा र सकारात्मक प्रतिक्रियाले कार्यक्रमलाई थप प्रभावकारी र उपलब्धिमूलक हुने आयोजकले जानकारी दिएको छ।
#छत्रेश्वरी २ काे जनता मा बि बुराँसेमा एक दिने अतिथि कक्षा कार्यक्रम सम्पन्न
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा