ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
छत्रेश्वरी–२, दहखोलाका  किसानहरु आलु उत्पादनमा आत्मनिर्भर बन्दै

छत्रेश्वरी–२, दहखोलाका किसानहरु आलु उत्पादनमा आत्मनिर्भर बन्दै

जेठ २७ सल्यान
छत्रेश्वरी गाउँपालिका वडा नं २ दहखोलाका किसानहरू व्यावसायिक आलु खेतीतर्फ आकर्षित हुँदै आलु उत्पादनमा आत्मनिर्भर बन्न सफल भएका छन्।
दहखाेलाका किसानहरूले परम्परागत खेती प्रणालीलाई विस्तारित गर्दै नगदेबालीका रुपमा आलु खेती गर्न सुरु गरेपछि यस क्षेत्रका किसानहरु आलुबालीमा आत्मनिर्भर भएका हुन।
बारीभरी आलु फलेका तर सहज यातायात नहुँदा दहखाेलाका किसानहरु सधाझै चिन्ता गर्न यस बर्ष छाडेका छन।
स्थानीय सरकार छत्रेश्वरी २ नं वडाबाट कृषि उत्पादन क्षेत्रमा ठुला तथा मालबाहक गाडी आवातजावतकाे लागि सहज भए सगै किसानले आफ्नै बारीबाट आलु बिक्रीवितरण गर्न पाउँदा थप आलुखेती सगै कृषि उत्पादनमा
आकर्षित भएका छन।
उत्पादन भएको आलु बारीबाटै बिक्री हुन थालेपछि दहखाेला, रइजेखाेला, दादर, आग्रलाका किसानहरू उत्साहित बनेका छन्।
स्थानीय बजारसँगै किसानले उत्पादन गरेकाे आले संघीय राजधानी काठमाडौ जान थालेपछि किसानले उत्पादन गरेकाे आलु ब्यापारीहरुले गाउँमै पुगेर आलु खरिद गर्न थालेका छन्।
कृषिमा आत्मनिर्भर दहखोलाका अधिकांश परिवारले आलु खेतीलाई आम्दानीको मुख्य स्रोतका रूपमा विकास गर्दै लगेका छन्।
आलु उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि युवाहरू समेत कृषि पेशातर्फ आकर्षित भएको युवा किसान रविन घर्तीले बताउनुभयो
रइजेखाेला , दहखाेला, दादर, आग्रलाका किसानहरुले उत्पादन गरेकाे ५ सय ९४ केजी प्रति क्वीन्टल २ हजार चार सयले बिक्री गरेकाे
रविन ले बताउनु भयाे।
स्थानीय किसानहरूका अनुसार उचित बजार व्यवस्थापन, सिंचाइ सुविधा र कृषि अनुदानको प्रभावकारी व्यवस्था भएमा छत्रेश्वरी २ नं वडालाई आलु उत्पादनको नमुना क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ।
आत्मनिर्भर कृषि उत्पादन पकेट क्षेत्रका रुपमा विस्तार भएको २ नं वडाका किसानले मुख्य नगदेबालीका रुपमा आलु, किबि, ओखर, सुन्तला, टिमुर, बन्दा गाेपी खेतीबाट उत्पादनमा आत्मनिर्भरताको उदाहरण दिन सफल भएका छन

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता