ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
जिल्ला अस्पताल सल्यानमा एक दिने विशेष मानसिक स्वास्थ्य ओपीडी सेवा सञ्चालन गरिने

जिल्ला अस्पताल सल्यानमा एक दिने विशेष मानसिक स्वास्थ्य ओपीडी सेवा सञ्चालन गरिने

असार ३२, सल्यान ।

सल्यान अस्पतालमा मानसिक रोगसँग सम्बन्धित लक्षण देखिएका बिरामीहरूका लागि विशेष निःशुल्क स्वास्थ्य सेवा सञ्चालन हुने भएको छ।

विज्ञापन

साउन १ गते बिहीबार एक दिने विशेष मानसिक स्वास्थ्य ओपीडी सेवा सञ्चालन गरिने स्वास्थ्य सेवा कार्यालय सल्यानले जानकारी दिएको छ।

कार्यालयका अनुसार मनोचिकित्सकद्वारा प्रदान गरिने उक्त सेवामा टाउको दुख्ने, अत्यधिक डर लाग्ने, मुर्छा पर्ने, नशा/कुलतमा फसेका, तनाव धेरै हुने, मन अशान्त रहिरहने आदि मानसिक समस्या भएका व्यक्तिहरूलाई जाँच तथा परामर्श प्रदान गरिनेछ।

यस्ता खालका समस्याबाट पीडित सर्वसाधारणले निःशुल्क सेवा लिन सक्नेछन्। नियमित औषधी सेवन गरिरहेकाहरूका लागि पनि यो अवसर उपयोगी हुने जनाइएको छ।

साथै, यस्तो विशेष ओपीडी सेवा आगामी तीन महिनासम्म हरेक महिनाको एक पटक सञ्चालन गरिने सूचनामा उल्लेख गरिएको छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता