बागचौर नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित

बागचौर नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित

असार ३२, सल्यान ।
सल्यानको बागचाैर नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट पारित गरेको छ ।

बुधबार १४औं नगर सभा अधिवेशनको दोस्रो बैठक मार्फत बागचौरमा आर्थिक वर्ष २०८२/०८३ का लागि बागचाैर नगरपालिकाले कुल बजेट रु ७१ करोड ६८ लाख ७३ हजार ७ सय ३५ रुपैयाको बजेट विनियोजन गर्दै नगरसभाबाट पारित गरेको  हो ।

विज्ञापन

आगामी आ.व. २०८२/०८३ मा चालू खर्च तर्फ रु ५१ करोड ७१ लाख २८ हजार तथा पुजिगत खर्च तर्फ रु १९ करोड ९७ लाख ४५ हजार ७ सय ३५ रुपैयाको बजेट विनियोजन गरिएको छ।

१४औं नगर सभा अधिवेशनको दोस्रो बैठकमा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्नुभएको थियो भने बजेट वक्तव्य उपप्रमुख सुम्निमा डि.सी. वलीले प्रस्तुत गर्नुभएको थियो ।

यस्तै नगर सभामा स्वागत मन्तव्य बागचौर नगरपालिकाका नगर प्रवत्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष दिपेश डि.सी. ले राख्नुभएको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता