कपुरकोट गाउँपालिका ३ चोरखोलामा पहिरो झर्दा राप्ती राजमार्ग अबरुद्ध
असार २४ सल्यान
कपुरकोट गाउँपालिका ३ चोरखोलामा गयरातीकाे अविरल बर्षाका कारणले पहिरो झर्दा राप्ती राजमार्ग अबरुद्ध भएको छ।
राप्ती राजमार्ग अन्तर्गत दाङ– सल्यानको सिमाना सल्यान कपुरकोट गाउँपालिका ३ चोरखोलामा गयरातीकाे अविरल बर्षाका कारणले सडक माथिबाट पहिरो झर्दा राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
सडकमाथिबाट ठूलो पहिरो झरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो ।
पहिरोले बिहान छ बजे देखि सडक अवरुद्ध हुँदा सडक सुचारु नहुँदासम्मका लागि यात्रा नगर्नहुन जिल्ला प्रहरीकार्यालय सल्यानले जनाएको छ।
पहिरो झर्दा लामो तथा छोटो दुरीका यातायातका साधन बिच बाटोमा रोकिएका छन् ।
पानी परेर सडक हिलाम्मे हुँदा बैकल्पिक बाटोमा सवारी साधन गुड्न सकेका छैनन् ।अवरुद्ध सडक सुचाररु गराउने पहल भइरहेको प्रहरीको भनाई छ । चोरखोलामा आउने निरन्तरको पहिरोले यात्रुहरुले सास्ती भोग्दै आइरहेका छन्
#कपुरकोट गाउँपालिका ३ चोरखोलामा पहिरो झर्दा राप्ती राजमार्ग अबरुद्ध

















प्रतिकृया दिनुहोस्