सल्यानमा पुर्ण विद्युतीकरणकाे काम गर्न ५ बुँदे सहमति ०८२ कार्तिक २९ सम्म काम सक्न निर्देशन
असार २२ सल्यान
सल्यान जिल्लामा पुर्ण विद्युतीकरणमा ठेक्कादारले गरेकाे ढिलासुस्तीकाे बारे आज जिल्ला समन्वय समिति सल्यानकाे पहमा ५ बुदे सहमति भएको छ।
राजनीति दल तथा स्थानीय जनप्रतिनिधिहरुकाे पटकपटक गरेको ध्यानाकर्षण र प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री भिम प्रकाश शर्मा सहित सल्यान जिल्लामा गरिएको बैठक, प्रादेशिक विद्युत कार्यालयमा गरेकाे ध्यानाकर्षणले आज सार्थकता पाएकाे छ।

जिल्ला समन्वय समिति सल्यानका अध्यक्ष बेलाराम रावलकाे अध्यक्षतामा भएको छलफलमा जिल्लाका दशवटै पालिका प्रमुख/प्रतिनिधि,प्रमुख जिल्ला अधिकारी,विद्युत प्राधिकरण प्रदेश निर्देशनालयका निर्देशक ई. शशीभूषण शाह,जिल्ला विद्युत वितरण केन्द्र प्रमुख ई. दिनेश पौडेलसहितको टोली,महाशक्ति क्रिस्टल जेभिका तर्फबाट लिलबहादुर दर्लामी,हुकुम बुढाथोकीलगायतको टोली सहित पत्रकार प्रतीक इच्छुक शर्मा,बुद्धि पुनसहित जिल्लामा क्रियाशील पत्रकारहरुको उपस्थितिमा बैठकमा छलफलपछि ठोस निष्कर्षसहित टुंगिएको हाे।
समन्वय प्रमुख बेलाराम रावलको अध्यक्षता र उपप्रमुख असबिर बुढाथोकीको सहजिकरणमा जिल्ला समन्वय हलमा भएको छलफलमा ५ बुदे सहमति गरेकाे छ।
१) सल्यान जिल्लाको पुर्ण विद्युतिकरणका लागि २०८० असोजमा महाशक्ति/क्रिस्टल जेभिसित ठेक्का सम्झौता भई १८ महिनाको समयावधि सकिएपछि पुनः २०८२ कार्तिक २९ गतेसम्म म्याद थप भएकोमा पुर्ण विद्युतिकरणको १३ करोड बराबरको उक्त काम थपिएको म्यादभित्र गरिसक्न निर्देशन दिने र अर्को म्याद फेरि थप्न नपाइने।
२) विद्युत प्राधिकरण र ठेकेदारको टोली संयुक्तरूपमा भोलिदेखि फिल्डमा जाने र तत्काल काम सुचारू गर्ने।
पालिकाहरुले काममा आवश्यक सहजिकरण गरिदिने।
३) पुर्ण विद्युतिकरणले नसमेटेका ८ वटा पालिका(कुमाख,दार्मा,वागचौर,सिद्ध कुमाख,शारदा,कपुरकोट,छत्रेश्वरी र त्रिवेणी) का टोल,बस्ती र वडाहरुमा कर्णाली प्रदेश विद्युतिकरण आयोजनाको काम तत्काल शुरु गर्ने र तोकिएकै समयमा पुर्ण विद्युतिकरणको काम पूरा गर्न विद्युत प्राधिकरण ठोस कार्ययोजना र जिम्मेवारी तोकेर फिल्डमा जाने।
४) त्रिवेणी र छत्रेश्वरी गापामा सामुदायिक विद्युतिकरणको अपुरो काम नेपाल विद्युत प्राधिकरणले तत्काल शुरु गरेर सम्पन्न गर्ने।
५) पुर्ण विद्युतिकरण र सामुदायिक विद्युतिकरणले नसमेटेका वनगाड कुपिण्डे नपा र कालिमाटी गापाको विद्युतिकरणको काम विद्युत प्राधिकरणले तत्काल शुरु गर्ने।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा