नगर प्रमुख पुष्पबादीकाे- पहलमा चाैरजहारी१४ रुकुम (पश्चिम) की धर्मिला बि.क.काे १ घण्टामै हेलिकप्टर मार्फत् उद्धार
असार २२ सल्यान
गर्भावस्थामा जटिल समस्या उत्पन्न हुँदा ज्यान जोखिममा परेकी चौरजहारी नगरपालिका-१४ रुकुम (पश्चिम) की धर्मिला बि.क. लाई हेलिकप्टरमार्फत् उद्धार गरी कर्णाली प्रदेश अस्पताल, सुर्खेत पठाइएको छ ।

चौरजहारी अस्पतालमा उपचार सम्भव नभएपछि नगर प्रमुख पुष्पबादीकाे उच्च पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत् गर्भावस्थामा जटिल समस्या उत्पन्न हुँदा ज्यान जोखिममा परेकी चौरजहारी नगरपालिका-१४ रुकुम (पश्चिम) की धर्मिला बि.क. लाई हेलिकप्टरमार्फत् उद्धार गरी कर्णाली प्रदेश अस्पताल, सुर्खेत पठाइएको हाे।

डाक्टरले छिटो माध्यमबाट सुविधा सम्पन्न अस्पताल लिनुपर्ने बताएपछि हेलिकप्टरबाट सुर्खेत पठाउने विकल्प खोजिएको र चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीकाे उच्च पहलमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा यथाशीघ्र हेलिकप्टर व्यवस्था गरि धर्मकलाकाे स्वास्थ्य उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पठाएको छ।

आवश्यक प्रक्रिया थालेको १ घण्टामै हेलिकप्टर व्यवस्था गर्न पहल र समन्वय गर्ने नगर प्रमुख पुष्प वादी, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जि.सी सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले चाैरजहारी नगर प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले पहल थाल्नु भएको थियोे ।
#नगर प्रमुख पुष्पबादीकाे- पहलमा चाैरजहारी१४ रुकुम (पश्चिम) की धर्मिला बि.क.काे १ घण्टामै हेलिकप्टर मार्फत् उद्धार
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा