ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
जनक्रान्तीका महान सहिद परिवारलाई कुमाख ६ द्वारा सम्मानित

जनक्रान्तीका महान सहिद परिवारलाई कुमाख ६ द्वारा सम्मानित

असार २१ सल्यान

जनक्रान्तीका महान सहिद परिवारलाई आज कुमाख गाउँपालिका वडा नं ६ ले एक कार्यक्रमकाे आयाेजना गरि सम्मान गरेको छ।

विज्ञापन

 

कुमाख गाउँपालिका वडा नं ६ काे आयाेजनामा वडा नं ६ का ८ जना सहिद परिवारलाई वडा अध्यक्ष कर्णबहादुर बिकले खादा तथा मायाकाे चिनाे स्वरुप राइस कुकर उपहार दिएर सहिद परिवारलाई वडा नं ६ काे कार्यालय परिसर बडागाउँमा सम्मान गरिएको हाे।

कुमाख गाउँपालिकाकाे आर्थिक बर्ष २०८१/०८२ काे विनियोजन बजेटबाट जनक्रान्तीका महान सहिद परिवारजनलाई सम्मानित गरिएको छ।

सहिद परिवारलाई सम्मान गर्दे ६ नं वडा अध्यक्ष कर्णबहादुर बिकले हामीले हिजाे सहिद भन्न स्थिति थिएन राज्यले मृतकका नाममा राहत दिएकाे थियोे तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे नेतृत्वकाे सरकारले जनयुद्धका महान सहिदलाई राष्ट्रिय सहिद घाेषणा गर्ने ठुलाे लडाइँ नगरेको भए हाम्रा सहिदहरु राष्ट्रिय सहिद हुने अवस्था नरहेको बताउनु भयो ।

अहिले महान सहिदको बलिदानबाट संघीय लाेकतान्त्रिक गणतन्त्र ,धर्मनिरपेक्षता,समानुपातिक समावेशी, जस्तो महत्त्वपूर्ण अधिकार प्राप्त भएको हाे उहाँले भन्नुभयो अब सहिद राष्ट्रिय सहिद भएको अवस्थामा केही राजनीति दलले स्वीकार गर्न नसक्नु क्रान्ति प्रतिकाे अपमान भएको बताउनु भयाे।
हामी अहिले जहाँ छाै त्याे महान सहिदकाे बलिदानबाट मात्रै सम्भव भएकोले क्रान्तिकारी परिपवारलाई कुमाख सरकारले सम्मान गर्न प्रत्येक बर्ष बजेट विनियोजित गरेर न्याय गरेकाे बताउनुभयो ।

अब सहिदको शालिक निर्माणका लागि पहल थालेको छाै कुमाख ६ का ८ जना सहिदकाे शालिक निर्माणका लागि रु ८ लाख बजेट आर्थिक बर्ष ०८२/०८३ काे लागि विनियोजित गरेकाे जानकारी दिनुभयो ।

वडा सचिव दिलाराम कठायतकाे सञ्चालनमा आयाेजना गरिएको सम्मान कार्यक्रममा कुमाख ६ का राजनीति दललकाे सहभागीता रहेको थियोे ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता