कर्णाली प्रदेशकै पहिलो नगरपालिका शारदा मानवजन्य लेदो तथा फोहोर व्यवस्थापन सम्बन्धी कार्यक्रममा छनाेट
असार १९ सल्यान
कर्णाली प्रदेशकाे पहिलो नगरपालिका शारदा नगरपालिका मानवजन्य लेदो तथा फोहोर व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न प्रदेश कै पहिलो नगरपालिकामा छनाेट भएकाे छ।
शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारी र नेपाल नगरपालिका संघ (मुआन) का अध्यक्ष भीमप्रसाद ढुंगानाबीच मानव जन्य लेदाे तथा फाेहर व्यवस्थापन सम्बन्धि कार्यक्रम सञ्चालन गर्न छनाेट भए सगै आज ओैपचारिक रुपमा समझदारीपत्रमा हस्ताक्षर भएको हाे।

कर्णाली प्रदेशका स्थानीय तहमध्ये शारदा नगरपालिका मात्रै यो कार्यक्रमका लागि छनोट भए सगै मानज जन्य लेदाे तथा फाेहर व्यवस्थापन सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने प्रदेशकै पहिलो नगरपालिका भएको छ।
नगरप्रमुख भण्डारीले यस कार्यक्रमले नगरलाई सफा र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताउनु भयो उहाँले भन्नुभयो , “यो कार्यक्रमले नागरिकलाई दिसा–पिसाबको उचित व्यवस्थापन गर्न सिकाउँछ, जुन शिक्षा र स्वास्थ्यसँग पनि प्रत्यक्ष जोडिएको विषय हो।”
समझदारीपत्रअनुसार शारदा नगरपालिकाले मुआन र प्राविधिक साझेदार वानको सहयोगमा दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी कुनै एक ऐन, नियमावली, कार्यविधि, योजना वा नीति परियोजना अवधिभित्रै पारित गर्नुपर्नेछ।
नगरस्तरिय सरसफाइ नीति तथा योजना लागू गर्ने क्रममा वार्षिक बजेटको कम्तीमा १५ प्रतिशत हिस्सा यस कार्यका लागि विनियोजन गरिनुपर्नेछ।
कार्यक्रम प्रभावकारी बनाउन शारदा नगरपालिकाले आवश्यक भौतिक संरचना र जग्गा उपलब्ध गराउनुका साथै आफ्नो कार्यालयमा वातावरण डेस्कको स्थापना गर्ने र सरसफाइ शाखाका कर्मचारीलाई परियोजना फोकल पर्सनका रूपमा तोक्ने पनि उल्लेख छ।
नेपाल नगरपालिकासंघको संयोजनमा दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी कार्यक्रम खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग युनाटेड नेशनस ह्युमन सेटलमेन्ट प्रोग्रामको सहकार्यमा सातै प्रदेशका एक एक पालिकासँग यो कार्यक्रम संचालनको लागि सहमति भएको छ ।
सहमति कायम भएका पालिकामा ललितपुर महानगरपालिका मेचीनगरपालिका, लहान नगरपालिका, गोरखा नगरपालिका, घोराही उपमहानगरपालिका, गोदावरी नगरपालिका बीच यो समझदारी कायम भएको हाे।
#कर्णाली प्रदेशकै पहिलो नगरपालिका शारदा मानवजन्य लेदो तथा फोहोर व्यवस्थापन सम्बन्धी कार्यक्रममा छनाेटसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा