ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
शारदा नगरपालिकाको १७औं नगरसभा सम्पन्न, ऐतिहासिक बजेट पारित

शारदा नगरपालिकाको १७औं नगरसभा सम्पन्न, ऐतिहासिक बजेट पारित

५ असार, सल्यान

सल्यानको शारदा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि १ अर्ब १९ करोड २९ लाख १२ हजार रुपैयाँको बजेट पारित भएको छ।

विज्ञापन

नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न नगरसभाको १७ औं अधिवेशनमा, उप–प्रमुख सुस्मिता सापकोटाले बजेट प्रस्तुत गर्नुभएको थियो।

प्रस्तुत बजेट नगरसभा सदस्यहरूद्वारा सर्वसम्मत रूपमा पारित गरिएको हो।

गत आर्थिक वर्ष २०८१÷०८२ मा नगरपालिका द्वारा ८२ करोड ७१ लाख ९७ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो। यसपटकको बजेट पालिकाको इतिहासमै सबैभन्दा ठूलो परिमाणको बजेट भएको नगरप्रमुख भण्डारीले बताउनुभयो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता