ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
दैलेखमा १ अरब १२ कराेड घनमिटर क्षेत्रफलमा मिथेन ग्यास भएको तथ्य सार्वजनिक

दैलेखमा १ अरब १२ कराेड घनमिटर क्षेत्रफलमा मिथेन ग्यास भएको तथ्य सार्वजनिक

असार ५ सुर्खेत

दैलेखको जलजलेमा पेट्रोलियम पदार्थको अनुसन्धानको क्रममा दैलेखमा ठूलो मात्रामा मिथेन ग्यास रहेको हुनसक्ने प्रारम्भिक तथ्य सार्वजनिक भएको छ।

विज्ञापन

दैलख जिल्लामा प्रारम्भिक अनुमान अनुसार १ अर्ब १२ कराेड घनमिटर क्षेत्रफलमा प्राकृतिक ग्यास (Natural Gas) फेला परेको छ। खानी तथा भूगर्भ विभाग (Department of Mines and Geology, DMG) ले जानकारी दिए सगै दैलेखको प्रारम्भिक नतिजा अनुसन्धानकाे तथ्य सार्वजनिक गरिएको हाे।

२०७८ सालमा सुरु भएको अन्वेषणको कामले उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

खानी तथा भूगर्भ विभागका प्रवक्ता दिनेशकुमार नापितका अनुसार चिनियाँ पक्षले लामो समयदेखि गरेको अनुसन्धानले दैलेखमा ठूलो मात्रामा ग्यास रहेको हुनसक्ने देखाएको हो ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानले एक अर्ब १२ करोड घनमिटर क्षेत्रफलमा मिथेन ग्यास रहेको हुनसक्ने देखिएको छ ।

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता