ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
दार्मा गाउँपालिका सल्यानकाे १७ ओै गाउँसभाबाट  नीति तथा कार्यक्रम सार्वजनिक

दार्मा गाउँपालिका सल्यानकाे १७ ओै गाउँसभाबाट नीति तथा कार्यक्रम सार्वजनिक

असार ४ सल्यान

दार्मा गाउँपालिका सल्यानकाे नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ।

विज्ञापन

बुधबार दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निम बहादुर केसीले आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम दार्मा गाउँपालिको  १७ औं  गाउँ सभा तथा अधिवेशनमा पेश गर्नु  भएको  हाे।

गाउँपालिका अध्यक्षकाे  अध्यक्षतामा बसेको १७औं गाउँसभाले प्रस्तुत नीति तथा कार्यक्रम माथि विस्तृत छलफल गर्दै नीति निर्माणमा स्थानीय आवश्यकता र प्राथमिकतालाई आधार मानेर नीति तथा कार्यक्रम तय गरिएको छ ।

गाउँपालिका अध्यक्ष निमबहादुर के सी ले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम “उत्पादनमा वृद्धि, दार्माको समृद्धि” भन्ने मूल नारालाई आत्मसात गर्दै पूर्वाधार विकास, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, सरसफाइ, युवाको सशक्तिकरण, उद्यमशीलता, सामाजिक समावेशीकरण, र सरसफाइमैत्री समाज निर्माणजस्ता बहुआयामिक विषयहरू समेटिएका छन् ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता