वीर सहिद माेतीराम बस्नेत(क.अभय)काे २५ ओै स्मृति सभा कार्यक्रम सम्पन्न
अभयकाे सन्देश सम्प्रेषण गर्दै आमा हुमिन्द्रा बस्नेतले आमा म मरेपछि सहिद बन्छु र म जस्तै हजारौं छाेराहरु तपाईंहरुकाे साथमा हुनेछन भन्ने पुष्टि २५ बर्ष पछि माओवादी केन्द्रले पूरा गरेकाे बताउँदै सबै माओवादीहरु एकताबद्ध हुन खबरदारी
जेठ २५ सल्यान गुराँसे
जनयुद्धका महान सहिद माेतीराम बस्नेत(क.अभय)काे २५ ओेै स्मृति सभा कार्यक्रम छत्रेश्वरी २ गुराँसेमा सम्पन्न भएको छ।
माओवादी केन्द्र छत्रेश्वरी २ नं वडा समितिकाे आयाेजनामा आयाेजित २५ ओै स्मृति सभा कार्यक्रम वीर सहिद माेतीराम बस्नेत(क. अभय)काे निवास छत्रेश्वरी २ गुराँसेमा सम्पन्न भएको हाे।
स्मृति सभा कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य चित्रबहादुर केसीले महान सहिदरुकाे बलिदानबाट जनवादी क्रान्तिका केही कार्यभार पूरा भएको र समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न मुलधारका माओवादीहरु एकताबद्ध हुन याे स्मृति सभाले खबरदारी गरेकाे जीकिर गर्नुभयो ।
अहिले सत्ता,शक्ति र बिदेशी हस्तक्षेपको प्रत्येक्ष मारमा नै माओवादी घटकहरु छन उहाँले भन्नुभयो त्यसको संकेत नै माओवादीहरु टुटफुट र विभाजन नै प्रमुख समस्या भएको बताउनु भयो ।
सहिद परिवारजन तथा बेपत्तायाेद्धा,अपांग घाइतेहरुका समस्या भन्दा ब्यक्तिका स्वार्थमाैलाउदै गएकोले यसका विरुद्धको सबेै सहिद परिवारलाई खबरदारी गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेकपा केन्द्रीय सदस्य तथा सल्यान जिल्ला सेक्रेटरी अनिलले क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी सहिदहरुले माओवादी घटकहरुलाई जिम्मेवारी दिएकाे र यसकाे जिम्मेवारी पूरा गर्न नेता कार्यकर्ता र पार्टीको कार्यदिशा नै बनाएर जान सक्ने थप ताकत अभयकाे २५ओै स्मृति सभाले सन्देश दिएकाे बताउनुभयो ।
जनयुद्धका महान सहिद हरु राष्ट्रिय भइसकेको सन्दर्भमा संघीय लाेकतान्त्रिक गणतन्त्र भित्रका राजनीति दलहरुले सहिदहरु प्रतिकाे विश्वास र दृष्टिकोण प्रस्ट पार्न याे स्मृति सभा कार्यक्रम महत्त्वपूर्ण भएको ठाेकुवा गर्नुभयो ।
कार्यक्रममा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य तथा छत्रेश्वरी ईन्चार्ज प्रभातले संघर्षमा उच्च बलिदान गर्नेकाे नै इतिहास रहन्छ,संघर्षबाट भाक्ने नेता वा कार्यकर्ता लाल गद्दार सावित हुन्छ क्रान्तिमा बलिदान गर्ने ब्यक्ति नै सपूत भएको प्रमाण वीर सहिद माेतीराम बस्नेतले पेश गर्नुभएको छ उहाँले भन्नुभयो ।
गुराँस बस्ती २०५९ सालमा जनताले राज्यकाे तानाशाह शासन विरुद्ध प्रतिरोध गरेकाे स्मरण गराउदै महान सहिदकाे बलिदान बाट गुराँस बस्ती जन्मिएकोले सच्चा गुराँसे बासी हुनुकाे प्रमाण नै लाल गद्दार हैन क्रान्तिकाे पहरेदार हुन सबेैलाइ आग्रह गर्नुभयो ।
महान सहिद परिवार जनकाे तर्फबाट बुवा शाेभाराम बस्नेत,आमा हुमिन्द्रा बस्नेत र भाइ भिम प्रकाश बस्नेतले शाेक मन्तव्य राख्दै सहिद परिवारलाई विभाजन गर्न हैन बिभाजन भएका माओवादी घटकहरुलाई खबरदारी गर्नुभयो ।
अभयकाे सन्देश सम्प्रेषण गर्दै आमा हुमिन्द्रा बस्नेतले आमा म मरेपछि सहिद बन्छु र म जस्तै हजारौं छाेराहरु तपाईंहरुकाे साथमा हुनेछन भन्ने पुष्टि २५ बर्ष पछि माओवादी केन्द्रले पूरा गरेकाे बताउँदै सबै माओवादीहरु एकताबद्ध हुन खबरदारी गर्नुभयो ।
२ नं पार्टी उपाध्यक्ष मनिराम बिक(क.अनुसन्धान) काे अध्यक्षता माओवादी केन्द्रीय सदस्य चित्र बहादुर केसी( भास्कर)काे प्रमुख आतिथ्यता,नेकपा केन्द्रीय सदस्य तथा सल्यान जिल्ला सेक्रेटरी तेजबहादुर खड्का(क. अनिल)काे विशिष्ट आतिथ्यता,माओवादी केन्द्र प्रदेश समिति सचिवालय सदस्य तथा छत्रेश्वरी इन्चार्ज प्रेम बहादुर खड्का (प्रभात) जिल्ला समन्वय समिति सदस्य लाल बहादुर वली (राेहित) जिल्ला समन्वय समिति सदस्य तथा छत्रेश्वरी उपाध्यक्ष भिम बहादुर परियार,जिल्ला समन्वय सदस्य तथा छत्रेश्वरी गाउँ समिति सचिव प्रेमबहादुर पहाडी, गाउँ समिति सदस्य घमण्ड बहादुर बस्नेत( क्षितिज) गाउँ समिति सदस्य केसरी खड्का,महान जनक्रान्तीका सहिद तथा बेपत्ता याेद्धा परिवार समाज सल्यान जिल्ला काेषाध्षक्ष तथा महान सहिद अभयकाे आमा हाेमिन्द्रा बस्नेत, सहिद अभयकाे बुवा शाेभारा बस्नेत,सहिद अभयकाे भाइ भिम प्रकाश बस्नेत,सहिद तथा बेपत्ता परिवार छत्रेश्वरी २ का अध्यक्ष तथा सहिद बल बहादुर बस्नेतकाे सुपुत्र भद्रवीर बस्नेत,सहिद दल बहादुर बिक ( सागर) काे भाइ बुहारी शीला बिक, सहिद लाेकमान बिक( सन्दीप)काे आमा बृजु बिक, सहिद लक्ष्मी वलीकाे बुवा वीर बहादुर वली,सहिद लिलाधर वली र पुर्ण बहादुर वलीकाे बुवा मानबहादुर वलीकाे बिशेष उपस्थिति तथा गुराँसका स्थानीयहरुकाे उपस्थितिमा २५ ओै स्मृति सभा कार्यक्रम सम्पन्न भएकाे कार्यक्रमकाे सञ्चालन पवित्र लाल वलीले गर्नुभएको थियोे ।
#वीर सहिद माेतीराम बस्नेत(क.अभय)काे २५ ओै स्मृति सभा कार्यक्रम सम्पन्न

















प्रतिकृया दिनुहोस्