ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
जनताको बदलिदानबाट प्राप्त व्यवस्था वुर्जुवाको हातमा जाने खतरा भयोःअध्यक्ष प्रचण्ड

जनताको बदलिदानबाट प्राप्त व्यवस्था वुर्जुवाको हातमा जाने खतरा भयोःअध्यक्ष प्रचण्ड

जेठ ५ रुकुम पश्चिम

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज रुकुम पश्चिमको चौरजहारीको विशाल जनशभालाइ सम्बोधनमा  जनताको वलिदानबाट प्राप्त  संघीय लोकतान्त्रिक गणतन्त्र   वुर्जुवाको हातमा जाने खतरा बढेको संकेत गर्नुएको छ।

विज्ञापन

माओवादी केन्द्रको मध्य  पहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्ग आज रुकुम पश्चिमको चौरजहारीमा आयोजना गरिएको विशाल जनसभालाइ सम्बोधन गर्दै प्रचण्डले जनताको वलिदानबाट प्राप्त  संघीय लोकतान्त्रिक गणतन्त्र  वुर्जुवाको हातमा जाने खतरा बढेको संकेत गर्नुभएको हो।

अहिलेको गणतन्त्र असफल बनाउनु बिभिन्न छलद्छाम भ्रम छरेर  नव समान्तवादी दलाल तथा भ्रष्ट दलालहरु गणतन्त्रलाइ  आफु अनुकुलको प्रयोग गर्न गणतन्त्रलाइ असफल बनाउन वैचारिक रुपमानै उहाँले जीकीर गर्नुभयो।

गणतन्त्र नेपाल सुन्दर व्यवस्था हो यसका निम्ति माओवादी पार्टको नेतृत्व र आफु नेतृत्वमा भ्रष्ट दलालहरुलाइ नियन्त्रण गर्न तथा सामाजिक न्याय र सुशासन कायम गर्न सबृद्धि नेपाल निर्माण अभियानमा सुशासनको अभियान भ्रष्टहरुलाइ मन नपरेकै कारण भ्रष्ट दलाल तथा बुर्जुवाहरुले गणतन्त्र आफु अनुकुल बनाउन हर प्रयास थालेकाले

नागरिक स्वतन्त्रता राष्ट्रिय स्वाधिनता सुशासन कायम र समाजवादी क्रान्तीको अन्तिम लडाईको नेतृत्व  गर्न  र १७ हजार जनताको रगतबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न पार्टीका नेता कार्यकर्ताले नयाँ तरिकाले सोच्न अपिल गर्नुभयो।

जनयुद्धको जगमा स्थापित व्यवस्थाले अहिले नागरिकको रक्षा गर्न नागरिक स्वतन्त्रता  प्राप्त गर्न र सुशासन कायमका लागि अव आधार क्षेत्रका जनताको बलबाट नै समाजवादी क्रान्तीको यात्रा तय गर्न यो अभियान सञ्चालन गरेको प्रचण्डले उल्लेख गर्नुभयो।

माओवादी पार्टी र आफु नेतृत्वमा मध्यपहाडी लोकमार्ग योजना निर्माण गरेको र यसले आधार क्षेत्रका २४ जिल्लालाइ जोड्दै नागरिकको सुख र रोजगारी संग जोडिएकोले यसको कार्यान्वयनमा भेरीनदीमा  पुल निर्माणका योजनाहरु अलपत्र भएको खबर छ पुल निर्माणका लागि अभियान समाप्त भए लगतै सदनमा जोडदार रुपमा प्रस्तु गर्ने र माग पुरा गर्न आफु प्रतिवद्ध भएको प्रतिबद्धता जाहेर गर्नु भयो।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता