ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश समितिद्वारा मुख्यमन्त्री कडेललाई सयुक्त रुपमा सुझाव पेश

नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश समितिद्वारा मुख्यमन्त्री कडेललाई सयुक्त रुपमा सुझाव पेश

जेठ १ सुर्खेत
नेपाल नगरपालिका संघ कर्णाली प्रदेश र गाउँपालिका राष्ट्रिय  महासंघ कर्णाली प्रदेश समितिले आज कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेललाई संयुक्तरूपमा सुझाव पेश गरेकाे छ।


आर्थिक वर्ष २०८२/०८३काे बजेट तथा कार्यक्रममा कर्णाली प्रदेश अन्तर्गतका ५४ गाउँपालिका र २५ नगरपालिकाले प्रदेश सरकार तथा संविधानले दिएकाे अधिकार क्षेत्र भित्रकाे स्वामित्व प्रदेश सरकारले लिने नीति तथा कार्यक्रम समाबेश गर्न नगरपालिका महासंघ र गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश समितिले सयुक्त रुपमा प्रदेश सरकारका मुख्यमन्त्री कडेललाई सुझाव पेश गरेकाे हाे।

विज्ञापन

गाउँपालिका राष्ट्रिय महासंघका कर्णाली प्रदेश कार्यसमिति अध्यक्ष निमबहादुर केसीले प्रदेश सरकारका मुख्यमन्त्री कडेलका वीचमा प्रदेशका ५४ गाउँपालिका बाट आएका सुझावकाे थप प्रस्टीकरण गर्नुभएको कार्यक्रममा नेपाल नगरपालिका संघका प्रदेश संयोजक हस्तपुनले थप सुझावकाे प्रस्टीकरण गर्नुभएको थियोे ।

सुझाव ग्रहण गर्दै प्रदेश सरकारका मन्त्री कडेलले प्रदेश सरकारले प्रदेशका ७९ वटै स्थानीय तहमा समानुपातिक ढंगबाट विकास गर्ने रणनीति अवलम्बन गरेकाे यसकाे कार्यान्वयनका लागि योजना बैंङ्कमा समावेश भएका याेजनाहरु योजना छनौटमा स्थानीय सरकारले प्राथमिकताक्रम तोकी पठाएका योजनाहरुलाई नै प्राथमिकतासाथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

सुझाव उपर छलफल गर्द‌ै सुझावमा आएका कुराहरु पुर्ण कार्यान्वयन गर्न सुझाव कार्यान्वयन थप जाेड दिन समेत नगरपालिका संघ र राष्ट्रिय गाउँपालिका महासंघले थप ध्यानाकर्षण गरेकाे छलफलमा नेपाल नगरपालिका संघका सचिवालय सदस्य तथा शारदा नगर प्रमुख प्रकाश भण्डारी भेरी नगरपालिका जाजरकोट नगर प्रमुख तथा केन्द्रीय सदस्य सिपि घर्ती चाैरजहारी नगर प्रमुख तथा केन्द्रीय सदस्य पुस्प वादी गापा राष्ट्रिय महासंघ नेपालका उपाध्यक्ष थथा हिमा गा पा जुम्ला उपाध्यक्ष लक्ष्मणबहादुर शाही कपुरकाेट गा पा सल्यान अध्यक्ष तथा केन्द्रीय सदस्य दुर्गा  पुन,  सान्नीत्रिवेणी गाउँ पालिका कालिकाेट अध्यक्ष तथा प्रदेश कार्यसमिति उपाध्यक्ष माेहन केसी, चंखेली गाउँपालिका हुम्ला अध्यक्ष  तथा सचिव प्यारिलाल शाही, शुभकालिका गाउँपालपिका उपाध्यक्ष तथा सहसचिव धर्मकला शाही , सिम्ता गाउँपालिका अध्यक्ष तथा कोषाध्यक्ष ऐनबहादुर चन्द लगायत प्रदेश कार्यसमिति सदस्यहरु सगै गापा अध्यक्ष ,उपाध्यक्षको सहभागी सहभागीता रहेको थियोे ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता