दुर्लभ वनस्पति रुख उन्यु (Alsophila spinulosa) सल्यानमा भेटियो
बैशाख २९, सल्यान
सल्यानमा दुर्लभ वनस्पति रुख उन्यु (Alsophila spinulosa) पहिलोपटक फेला परेको छ।
फर्न वर्गअन्तर्गत पर्ने यो प्रजाति सल्यानको दार्मा गाउँपालिका–३ स्थित रानीवन सामुदायिक वनमा पाइएको हो।
स्थानीय नागरिक वैज्ञानिक नेत्रलाल घर्तीले यस वनस्पतिको तस्बिर सामाजिक सञ्जालमा साझा गरेपछि वातावरणविद् जीवन शर्मा, कर्णाली प्रदेश सरकारका वातावरण निरीक्षक केशव बस्याल र अनुसन्धानकर्ता टोपेन्द्र गिरीले बैशाख ७ गते स्थलगत अवलोकन गरेका थिए। संकलित नमुना, तस्बिर र प्रत्यक्ष अवलोकनको आधारमा उक्त प्रजाति Alsophila spinulosa नै भएको पुष्टि गरिएको हो।
यसअघि नेपालमा पूर्वी र मध्य क्षेत्रका चिस्यानयुक्त जंगलहरूमा मात्र पाइँदै आएको यो वनस्पति कर्णाली प्रदेशमा पहिलोपटक फेला परेपछि यसको सम्भावित वितरण क्षेत्र पश्चिमतर्फ फैलिएको संकेत मिलेको विज्ञहरूले जनाएका छन्।
Alsophila spinulosa एक रुखजस्तो संरचना भएको फर्न हो, जसको जैविक, वातावरणीय तथा शैक्षिक महत्त्व उच्च मानिन्छ। यस प्रजातिको संरक्षण, दिगो व्यवस्थापन तथा थप अनुसन्धानको आवश्यकता औंल्याउँदै विज्ञहरूले सरकारी निकाय, वैज्ञानिक समुदाय र स्थानीय सरोकारवाला बीच सहकार्य आवश्यक रहेको बताएका छन्। साथै, यसले अन्य दुर्लभ वनस्पति पहिचानमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
#दुर्लभ वनस्पति रुख उन्यु (Alsophila spinulosa) सल्यानमा भेटियोसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा