ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सरकारले भ्रष्टाचारीकाे संरक्षण र सुशासनका पक्षधरहरुलाई अंकुश लगाउन थालेको छ: प्रचण्ड

सरकारले भ्रष्टाचारीकाे संरक्षण र सुशासनका पक्षधरहरुलाई अंकुश लगाउन थालेको छ: प्रचण्ड

बैशाख २९ सुर्खेत

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकाे सरकारले भ्रष्टाचारीकाे संरक्षण र सुशासनका पक्षधरलाई अंकुश लगाउन नावी देखिकाे बल प्रयाेग गरेकाे बताउनुभएको छ।

विज्ञापन

पार्टी अध्यक्ष प्रचण्डले सुर्खेतकाे वीरेन्द्रनगरमा वाईसीएल कर्णाली प्रदेश समितिकाे प्रथम सम्मेलनलाई सम्बाेधन गर्दै अहिलेकाे सरकारले भ्रष्टाचारीकाे संरक्षण र सुशासनका पक्षधरलाई अंकुश लगाउन नावी देखिकाे बल प्रयाेग गरेकाे बताउनु भएको  हाे।

आफुले भ्रष्टाचारी, दलालहरुका विरुद्ध सुशासनकाकाे अभियान सञ्चालन गर्दा सरकार परिवर्तन सम्म भएको कुरा सविस्तार गर्न नपरेकाे बताउदै सुशासनका पक्षमा वाईसीएलले नयाँ क्रान्तिकाे पहल लिन आग्रह गर्नु भयो

आज सुर्खेतकाे वीरेन्द्रनगरमा सम्पन्न वाइसिएल नेपाल कर्णाली प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनमा अध्यक्ष प्रचण्डले सुशासन कायम आफ्नै पार्टी नेता कार्यकर्ता भए पनि नछाड्न आदेश गरेकाे र यदि भ्रष्टाचारमा आफू जाेडिएकाे भए पनि अनुसन्धान गर्न चाैनाैती दिनुभयो । विश्व इतिहासमा विरलै मात्रै पाइन्छन् जाे प्रधानमन्त्रीले आफू भ्रष्टाचारमा जाेडिएकाे भए नछाड्न र अनुसन्धान गर्न अपिल गरेकाे छ।राष्ट्र र जनताकालागि नयाँ क्रान्तिको नेतृत्व गर्न मन छ यसका लागि वाइसिएल नेपाल तयार रहन र कर्णालीले यसकाे नेतृत्व लिने आग्रह गर्नुभयाे।

सामन्तहरु सिंहदरबार भित्र माओवादी सकाउने याेजना बनाउदै गर्दा कालिकोटकाे मालकाेटबाट दलित महिलाले प्रहरीकाे बन्दुक कब्जा गर्ने हिम्मत कर्णालीले गरेकोले राज्यव्यवस्था नै परिवर्तन भएको जीकीर गर्दै भ्रष्टहरुलाई कर्णालीबाट नै वाईसीएलले तह लगाउन नयाँ क्रान्ति सुरु भइसकेको ठाेकुवा गर्नु भयो ।

अहिलेकाे सरकार दलित विरोधी भएको जीकिर गर्दै दलितलाई बजेटाबाटै हटाउन खाेज्नु नै संविधान विरोधी सरकार भएको ठहर गर्दै आफ्नाे पालामा दलित विकास प्राधिकरण सरकारले हटाउनु भनेकै याे सरकार दलित बिराेधी भएको दावी गर्नु भयो ।
मेरो सरकारका पालमा चिन भ्रमणको क्रममा हिल्सा देखि हुम्ला सिमकोट सम्म बाटो बनाउने सम्झौता समेत गरेको उहाँले बताउदै कर्णालीलाई विशेष प्रदेश बनाएर विभिन्न कार्यक्रम बनाएको तर अहिलेको सरकारले प्राथमिकता नदिएकाेले सरकार कर्णाली विराेधी भएको अध्यक्ष प्रचण्डले बताउनुभयाे।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता