सल्यानमा किराना पसल आगलागी हुँदा ५ जना गम्भीर घाइते

सल्यानमा किराना पसल आगलागी हुँदा ५ जना गम्भीर घाइते

चैत ०७, सल्यान ।

सल्यानको  किराना पसल आगलागी हुदा ५ जना गम्भीर घाइते भएका छन ।

विज्ञापन

मंगलबार जिल्लाको कुमाख गाउँपालिका ४ भण्डारखोलाका शंकर रानाको ३ कोठे १ तले टिनले छुवाएको कच्ची घरको किराना पसल रहको कोठामा एक्कासि आगलागी हुँदा उक्त पसलमा बसिरहेका ५ जना ब्यक्ति गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

घाइते हुनेहरुमा पसल साहु २४ बर्षीय शंकर राना (शरिरको सम्पुर्ण भाग जलेको अबस्था बोल्न नसक्ने सिरियस), सोही ठाउँका २६ बर्षीय यज्ञ राना (शरिरको सम्पुर्ण भाग जलेको अबस्था बोल्न नसक्ने सिरियस), २१ बर्षीय जीवन राना (शरिरको सम्पुर्ण भाग जलेको अबस्था बोल्न नसक्ने सिरियस) सोही ठाउँ निवासी २० बर्षीय संजिब शाह (शरिरको सम्पुर्ण भाग जलेको अबस्था हल्का  बोल्न नसक्ने सिरियस) र १८ बर्षीय क्षेत्रमणी राना (बाँया हात र अनुहारमा जलेको अबस्था बोल्न सक्ने।) रहेको प्रहरीले बताएको छ ।

घाइतेहरुको उपचारको लागी मिशन अस्पताल चौरजहारी पश्चिम रूकुम लगेकोमा त्यहाँबाट थप उपचारको लागी कोहलपुर मेडिकल कलेज बाके रिफर गरिएको छ ।

आगलागीको कारण खुल्न नआएको, किराना पसलको सम्पुर्ण माल समान जलेर नस्ट भएको र क्षतिको पुर्ण बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सुचना अधिकारी सन्तोष खनालले बताए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता