सल्यानमा सवारी दुर्घटना हुँदा आमा छोरा घाइते

सल्यानमा सवारी दुर्घटना हुँदा आमा छोरा घाइते

१४ मंसिर सल्यान,

सल्यानमा बोलेरो जीप र मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् । राप्ती लोकमार्ग अन्तर्गत सल्यान–रुकुम सडक खण्डको सिद्धकुमाख गाउँपालिका –१ पटारेमा श्रीनगरदेखि थारमारेतर्फ जाँदै गरेको रा १ च १२४२ नम्बरको बोलेरो जीप र रा ६ प ७४९८ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परेर घाइते हुनेमा रुकुमको सिस्ने गाउँपालिका वडा नम्बर ६ बस्ने १९ वर्षीय मोटरसाइकल चालक सुदिप मल्ल र उनकी आमा ४० वर्षीया निर्मला मल्ल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

घाइते आमा छोराको श्रीनगर स्थित शारदा मेट्रो अस्पतालमा उपचार भईरहेको बताइएको छ । जीप चालक शारदा नगरपालिका –१४ का प्रदीप बिकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक खनालले बताए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता