५८ औ बालदिवसका अवसरमा भण्डारी सम्मानित

५८ औ बालदिवसका अवसरमा भण्डारी सम्मानित

भदाै २९ सल्यान ।

५८ औ बालदिवसकाे अवसरमा कमलसिहँ भण्डारी सम्मानित भएका छन

विज्ञापन

त्रिभुवन जन्ता माध्यमिक बिद्यालयमा स्वर्गिय महेश्वर भण्डारी स्मृति अक्षयकाेष स्थापना गरेका भण्डारीका नाती कमल सिहँ भण्डारीलाइ आज त्रिभुवन जन्ता माध्यमिक बिद्यालय लेखचाैरपानीका बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष नेव बहादुर कवँरले सम्मान गरेका हुन।

स्वर्गिय महेश्वर भण्डारीकाे नाममा २०७६ सालमा बिद्यालयमा अक्षय काेष स्थापना गरिएकाे थियाे ।

सल्यानकाे छत्रेश्वरी गाउपालिका वडा नं ५ महानेटा निवासी स्वर्गिय भण्डारीकाे नाममा त्रिभुवन जन्ता माध्यमिक बिद्यालयमा भण्डारीका नाती कमलसिहँ भण्डारीले १ लाख रकमकाे अक्षयकाेष स्थापना गरेकाे ३ बर्ष पछि भण्डारी सम्मानित भएका हुन।

२०७६ सालमा स्थापना गरिएकाे अक्षयकाेष दाता कमलसिहँ भण्डारीलाई काेराेना महामारीका कारण औपचारिक कार्यक्रम सञ्चालन गर्न नसकेकाे बिद्यालय परिवारले ३ बर्ष पछि औपचारिक कार्यक्रम बाट भण्डारीलाई सम्मान गरेकाे हाे।

बिद्यालय स्थापक तथा २५ बर्ष साविककाे लेखपाेखरा गा वि स मा प्रधान भएका स्वर्गिय भण्डारी क्षेत्री काे नाममा स्थापना गरिएकाे अक्षयकाेषबाट प्रत्येक प्रत्यक बर्ष बाट प्राप्त ब्याज बाट बालवालिकालाइ सम्मान गर्ने कार्यक्रम अनुसार ५८ औ बालदिवसकाे अबसरमा सञ्चालन गरिएकाे कार्यक्रममा प्रथम द्धितिय तृतिय र सान्ताेवना हुने वालवािलकालाइ नगद तथा स्टेशनरी पुरुस्कार अक्षयकाेषका संयाेजक कल्याण बिक्रम भण्डारीले बितरण गरेका थिए।

बालदिवस तथा सम्मान कार्यक्रममा गाउपालिका उपाध्यक्ष बुद्धा कुमारी खत्री वडा अध्यक्ष फौद बहादुर बस्नेत पुर्व बि ब्य स अध्यक्ष प्रेम लाल घर्तिकाे बिशेष उपस्थिती रहेकाे कार्यक्रममा स्थानिय राजनितक दलका प्रमुख समाजसेवी तथा बालबालिकाकाे उपस्थिती रहेकाे कार्यक्रममा बिभिन्न साँस्कृितक कार्यक्रम देखाएकाे थियाे।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता