सल्यानमा घाँस काट्न गएकी १५ वर्षीय बालिकाकाे भीरबाट लडेर मृत्यु

सल्यानमा घाँस काट्न गएकी १५ वर्षीय बालिकाकाे भीरबाट लडेर मृत्यु

भदौ १६ सल्यान 

सल्यानमा घाँस काट्न गएकी १५ वर्षीय बालिकाकाे भीरबाट लडेर मृत्यु भएकाे छ।

जिल्लाकाे कालिमाटी गाउँपालिका १ आपचाैरकी १४ वर्षीया वालिका घाँस काट्न समयमा भिरबाट लडेर मृत्यु भएकाे हाे।

मृत्यु हुनेमा कालिमाटी गाउँपालिका -१ आपचौर बस्ने गम बहादुर पुलामीको १५ वर्षिय रुपा पुलामी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बुधबार बेलुका करिब ६ बजेतिर घाँस काट्न गएकि रुपा अबेरसम्म घरमा नआएपछी खोजतलास गर्दै जाने क्रममा आफ्नो घरदेखी करिब १ किलाेमीटर पश्चिम रहेको झालेपहर भन्ने भिरबाट करिब ५० मिटर तल खसि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष खनालले बताए।

घटनाबारे बिहिबार बिहान मात्रै स्थानीय तिलक खत्रीले फाेन मार्फत जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपश्चात प्रहरी निरीक्षक खनालको आफै Soco सहित ५ जनाको प्रहरी टोलि लिएर घटनास्थल पुगेर घटनास्थल कार्य पुरा गरि शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यान पठाइएको प्रहरी निरीक्षक खनालले बताए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता