सल्यानमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

सल्यानमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

भदौ १३,सल्यान 
सल्यानमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

जिल्लाको कालिमाटी गाउँपालिका १ चुरीकोइराबाट सोही वडाको लक्ष्मीपुर टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटो  सोमबार साँझ शारदा नगरपालिका १० नयाँ गाउँ नजिकै दुर्घटना भएको हो । 

विज्ञापन

दुर्घटनामा परी कालिमाटी गाउँपालिका १ लक्ष्मीपुरकी अन्दाजी ३० वर्षीया धनी पुन र अन्दाजी ७० वर्षीया कमला पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुवै जनाको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो । 

यस्तै दुर्घटनामा परी लक्ष्मीपुरकी अन्दाजी ३० वर्षीया अमृता बपाल, उनको २ वर्षको छोरा अविषेकक बपाल २० वर्षीया अस्मिता पुन उनको ३ वर्षीय छोरा शुसान्त पुन, र अटो चालक १८ वर्षीय धनिराम बुढाथोकी रहेका छन् ।

घाइते सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था मध्यम रहेको खनालको भनाई छ । 
अटो अनिन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको छ । 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता