जंगलमा बाख्रा चराउन गएकी बृद्धा भालुकाे आक्रमनबाट घाइते

जंगलमा बाख्रा चराउन गएकी बृद्धा भालुकाे आक्रमनबाट घाइते

असार १०,सल्यान

जंगलमा बाख्रा चराउन गएकी एक बृद्ध भालुकाे आक्रमणबाट घाइते भएकी छिन।

विज्ञापन

जिल्लाको कालिमाटी गाउँपालिका ५ हात्तिदमारकी ६० वर्षीया चन्द्रकला बुढालाई भालुले आक्रमण गर्दा घाइते भएकी हुन।

भुसाबारी मध्यवर्ती सामुदायिक वनमा बाख्रा चराउन गएकी बुढालाई शुक्रबार दिउँसो भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनकाे दमदुवाली स्वास्थ्य चौकीमा सामान्य उपचार पछि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिएका छन। 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता