ताजा अपडेट
ताजा अपडेट ×
DK hd tv
तिलोत्तमाले बनायो अतिथि गृह तथा सभाहल<br>१९ फाल्गुण २०७८

तिलोत्तमाले बनायो अतिथि गृह तथा सभाहल
१९ फाल्गुण २०७८

तिलोत्तमा -रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अतिथि गृह तथा सभाहल निर्माण गरेको छ । नगरपालिकाले वडा नं। ९ को केवलानीमा १६ कोठाको अतिथि गृह र १२ सय जना अट्ने क्षमताको सभाहल निर्माण गरेको हो । हाल सभा हलमा कोरोना अस्थायी अस्पताल तथा अतिथि गृहमा अस्पतालमा खटिने स्वास्थ्यकर्मीको आवास व्यवस्थापन गरिएको छ ।

कोरोना महामारीको दोस्रो लहरमा नगरपालिकाले सभाहलमा ६० बेडको अस्थायी कोरोना अस्पताल निर्माण गरेको हो ।महामारी पूर्णरुपमा अन्त्य भएपछि सभाहल तथा अतिथि गृहलाई उद्देश्यअनुरुप सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।नगरपालिकाले दुई बिगाहा क्षेत्रफलमा अतिथि गृह र सभाहलको संरचना तयार गरेको हो । नगरपालिकाका योजना प्रमुख ईञ्जिनियर प्रदीप वनका अनुसार अतिथि गृहको लागत दुई करोड २२ लाख तथा सभाहलको लागत एक करोड ५७ लाख रहेको छ ।

विज्ञापन

अतिथि गृह तथा सभाहलको बुधबार आयोजित एक कार्यक्रमबीच प्रतिनिधिसभा सदस्य छबिलाल विश्वकर्माले उद्घाटन गर्नुभयो । त्यसअवसरमा पूर्वमन्त्री समेत रहनुभएका विश्वकर्माले तिलोत्तमा नगरपालिकाले नगरको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिकलगायत सबै क्षेत्रमा प्रभावकारी काम गरेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद रमा अर्याल, पूर्व प्रदेश सांसद दधिराम न्यौपानेलगायतले विकास निर्माण तथा महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिकाको बारेमा बोल्नुभएको थियो । नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षता, उपप्रमुख जगेश्वरदेवी चौधरीको स्वागत तथा प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा कार्यक्रम भएको हो ।