सल्यानमा अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसमा  सरोकारवाले गरे हस्ताक्षर

सल्यानमा अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसमा सरोकारवाले गरे हस्ताक्षर

मंसिर २३ सल्यान

सल्यानमा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाइएको छ।

विज्ञापन

प्रत्येक वर्ष डिसेम्बर ९ मा मनाइने यो दिवसको नारा भ्रष्टाचार विरुद्धको सहकार्य, सुशासनका लागि अपरिहार्य भन्ने रहेको छ।

जिल्लामा पनि सरोकारवालाहरूले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता कायम गर्ने भन्दै प्रतिबद्धता सहितको हस्ताक्षर गरेका छन।

सदरमुकाम खलङ्गाको पुरानो बसपार्क भएको हस्ताक्षर कार्यक्रम दिगो विकासका लागि सुशासन, सुशासनका लागि मेरो प्रतिबद्धता, म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार  गर्न दिन्न र सहन्न भन्दै सरोकारवालाहरूले  प्रतिबद्धता सहित हस्ताक्षर गरेका छन।

कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकी,  प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाई, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खडका, स्थानीय तहका जनप्रतिनिधि, बिभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा भ्रष्टाचार गर्दिन भन्दै हस्ताक्षर गरेका छन । 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता