सल्यानमा एक युवा मृत भेटिए

सल्यानमा एक युवा मृत भेटिए

मंसिर २३ सल्यान

सल्यानमा एक युवा मृत फेला परेका छन।

विज्ञापन

जिल्लाको कपुरकोट गाउँपालिका–६ निवासी अन्दाजी १६ वर्षीय टेक बहादुर बोहराको शव कपुरकोट –५ ओखरपाटा भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुधवार साथीहरूसँग बिहेमा नाच हेर्न गएका का उनी घर नफर्किएपछि मृतकका परिवारले प्रहरीलाई खबर गरेको थिए ।

प्रहरी र स्थानीयले खोज तलास गर्ने क्रममा बिहीबार दिउँसो ओखरपाटाको भिरमा करिब ५० मिटर तल बारीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता श्याम यादवले जानकारी दिए। घटनाको बारेमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता