तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

१५ मंसिर २०७८

अम्बिका परियार

बुटवल —लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत तिनाउ गाउँपालिका वडा नं २ को हरियाली गाउँमा लैंगिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तिनाउ गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई विगतका बर्षहरुमा भन्दा फरक तरिकाबाट मनाउन जरुरी रहेको बताउनु भयो । “संबिद्यानले ३३ प्रतिशत महिला सहभागिता अनिवार्य भनेता पनि कार्यान्वन हुन नसकेको भन्दै महिलाहरुको हरेक क्षेत्रमा समान सहभागिता र नेतृत्वमा पुर्याउन सरकार र राजनीतिक दलले नै पहल गर्नु पर्ने भन्दै महिलाहरु आफु पनि आर्थिक रुपमा सक्षम बन्नका लागि व्यबसायिक उत्पादनमुलक कार्यमा जोड दिनु भयो ।”

सो कार्यक्रममा विशिष्ट अतिथि तिनाउ गाउपालिकाका प्रवक्ता तथा वडा नं २ का वडा अध्यक्ष राजेश श्रेष्ठले “१६ दिने अभियानले महिला हिंसा न्युनिकरण तथा क्षमता विकासका लागि सहयोग पुर्याउने बताउदै घरबाटै हिंसा अन्त्य गरौं भन्ने राष्ट्रिय नाराले पनि सबैलाई सचेत बनाएको बताउनुभयो ।”त्यस्तै महिला तथा बालबालिका फाँट प्रमुख विमला महत र महिला समन्वय समिति संयोजक दुर्गा भण्डारीले महिला शसक्तिकरणका बारेमा सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो ।कार्यक्रममा मधु जैसी,खगेन्द्र खड्का,छबिलाल केसी लगायतले महिला हिंशा न्युनिकरणका लागि हातेमालो गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । गाउंपालिकाको तर्फबाट ८० जना सहभागि महिला तथा किशारीहरुलाई दैनिक प्रयोग हुने सरसफाईका सामाग्रिहरु ( ब्रस,मञ्जन,साबुन,नङकट)समेत बितरण गरेको थियो ।

कार्यक्रम वडा नं २ का महिला सदस्य तथा कार्यपालिका सदस्य रितु श्रेष्ठको अध्यक्षता ,कार्यपालिका सदस्य मिनासरा लम्तरीको स्वागत तथा कार्यपालिका सदस्य पम्फा थापाको सञ्चालनमा सम्पन्न भएको रितु श्रेष्ठले जानकारी दिनुभयो ।