तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
- epratibimba .com
- २०७८ मंसिर १५
- 723 views
१५ मंसिर २०७८
अम्बिका परियार
बुटवल —लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत तिनाउ गाउँपालिका वडा नं २ को हरियाली गाउँमा लैंगिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तिनाउ गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई विगतका बर्षहरुमा भन्दा फरक तरिकाबाट मनाउन जरुरी रहेको बताउनु भयो । “संबिद्यानले ३३ प्रतिशत महिला सहभागिता अनिवार्य भनेता पनि कार्यान्वन हुन नसकेको भन्दै महिलाहरुको हरेक क्षेत्रमा समान सहभागिता र नेतृत्वमा पुर्याउन सरकार र राजनीतिक दलले नै पहल गर्नु पर्ने भन्दै महिलाहरु आफु पनि आर्थिक रुपमा सक्षम बन्नका लागि व्यबसायिक उत्पादनमुलक कार्यमा जोड दिनु भयो ।”
सो कार्यक्रममा विशिष्ट अतिथि तिनाउ गाउपालिकाका प्रवक्ता तथा वडा नं २ का वडा अध्यक्ष राजेश श्रेष्ठले “१६ दिने अभियानले महिला हिंसा न्युनिकरण तथा क्षमता विकासका लागि सहयोग पुर्याउने बताउदै घरबाटै हिंसा अन्त्य गरौं भन्ने राष्ट्रिय नाराले पनि सबैलाई सचेत बनाएको बताउनुभयो ।”त्यस्तै महिला तथा बालबालिका फाँट प्रमुख विमला महत र महिला समन्वय समिति संयोजक दुर्गा भण्डारीले महिला शसक्तिकरणका बारेमा सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो ।कार्यक्रममा मधु जैसी,खगेन्द्र खड्का,छबिलाल केसी लगायतले महिला हिंशा न्युनिकरणका लागि हातेमालो गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । गाउंपालिकाको तर्फबाट ८० जना सहभागि महिला तथा किशारीहरुलाई दैनिक प्रयोग हुने सरसफाईका सामाग्रिहरु ( ब्रस,मञ्जन,साबुन,नङकट)समेत बितरण गरेको थियो ।
कार्यक्रम वडा नं २ का महिला सदस्य तथा कार्यपालिका सदस्य रितु श्रेष्ठको अध्यक्षता ,कार्यपालिका सदस्य मिनासरा लम्तरीको स्वागत तथा कार्यपालिका सदस्य पम्फा थापाको सञ्चालनमा सम्पन्न भएको रितु श्रेष्ठले जानकारी दिनुभयो ।
- कालिमाटी गाउँपालिकाको २०औँ गाउँसभा बाट ५३ करोड ४५ लाखको बजेट सर्वसम्मत पारित
- दार्मा गाउँपालिका सल्यानद्वारा खेलाडी र प्रशिक्षकलाई सम्मान
- सांसद रमेशकुमार मल्लले धनसरा कामीको मृत्यु घटनाको निष्पक्ष छानबिन गर्न माग
- कर्णाली प्रदेशकै तेस्रो पूर्ण संस्थागत सुत्केरी वडा बन्यो कपुरकोट–६
- छत्रेश्वरीमा बालपाेषण भत्ताको प्रभावकारी उपयोग सम्बन्धि एक दिने अभिमुखिकरण
- जन्मदिनलाई समाजसेवाको पर्व बनाउँदै मोहन के.सी.
- कर्णाली प्रदेश युवा वैज्ञानिक पुरस्कार–२०८३ बाट डा. निरज केसी सम्मानित
- डोल्पाको गैरीगाउँमा पहिरोसहितको बाढी: एक जनाकाे मृत्यु, चार घाइते
- नागरिकसँग हुलाक अन्तरक्रिया कार्यक्रम सम्पन्न, सेवा विस्तारमा जोड
- दहखोलामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३३६ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा
- कपुरकोट–५ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा
- शारदा नदीमा डुबेर एक महिलाको मृत्यु
- सल्यानमा लापसे र मापसे चेकजाँचमा कडाइ, सडक अनुशासन अभियान
- सामाजिक न्याय र जातीय विभेदविरुद्धको सत्याग्रहलाई ग्लोबल फोरम जापानको ऐक्यबद्धता
- स्व. खिमबहादुर कवरको सम्झनामा १ लाख ११ हजार १०५ रुपैयाँको अक्षयकोष स्थापना
-
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध
२०८१ श्रावण २२ -
आमा मिलन केन्द्र बुटवलको भवन शिलान्यास
२०८१ जेष्ठ ९ -
आगोको ठेगाना
२०८० फाल्गुन २५ -
बुटवलमा सहिद तथा बेपत्ता परिवारलाई नगद सहित सम्मान
२०८१ जेष्ठ १९ -
दर्जनौं प्रश्न र संकल्प
२०८० माघ २२
















प्रतिकृया दिनुहोस्