जुम्लामा बस दुर्घटना मृतक दुई जनाको सनाखत

जुम्लामा बस दुर्घटना मृतक दुई जनाको सनाखत

मंसिर १५ जुम्ला सागर परियार  

जुम्लाको सिञ्जा गाउँपालिका–२ स्थित थार्पीबाडामा बस दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । 

कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका–२ जुम्ला थार्पीबाडा गाउँमा दुर्घटना हुदा दुइ जनाको घटना स्थालमै मृत्यु भएको प्रहरीले बताइएको छ । 

बस दुर्घटना मृत्यु हुनेमा चालक दैलेख गुराँस गाउँपालिका–१ निवासी वर्ष ३२ का नवीन रावल र सहचालक कालिकोट पलाता गाउँपालिका–९ निवासी वर्ष २३ का विशाल बम रहेका छन।

उनको घटनास्थलमै मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिएका छन । 

दुवै जनाको सनाखतपछि शवको पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको उनले जानकारी दिए। 

दुर्घटनामा परी घाइते भएका कनकासुन्दरी गाउँपालिका वडा नं. ४ निवासी वर्ष ४० की युक्ति कार्की र सोही वडाका वर्ष २५ बिरबल घर्तीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। । 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता