नेता भिम प्रकास शर्माले गरे १५ शैयाको आइसोलेसन भवन उद्धघाटन
श्रावन १५ सल्यान
सल्यानकाे दार्मा गाउपालिका मा १५ सैयाकाे आइसाेलेसन भवनकाे आज एक कार्यक्रम आयाेजना गरी उद्धघाटन कार्यक्रम सम्पन्न भएकाे छ।
कर्णाली प्रदेश सरकारकाे ५० लाख विशेष अनुदानबाट सल्यानकाे दार्मा गाउपालिका ३ थुम्केसल्लीमा निर्माण भएकाे १५ शैयाको आइसोलेसन भवनको उद्धघाटन कर्णाली प्रदेश सरकार मुख्यमन्त्रीका प्रमुख राजनितीक सल्लाहकार माओबादी केन्द्रका नेता भिम प्रकास उद्धघाटन गरेका हुन ।
नेता भिम प्रकास शर्माले भवन उद्धघा६न कार्यक्रमलाइ सम्बाेधन गर्दै कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला बिशेष सहयाेग तथा प्रदेश सरकारकाे बिशेष अनुदानमा निर्माण कार्य सम्पन्न याे भवनले दार्माली जन्ताकाे जीवन रक्षा गर्न महत्वपुर्ण भुमिका खेल्ने बताए।
नेता शर्माले सल्यान र सल्यानी जन्ताकाे स्वास्थ्यमा जहिले पनि कर्णाली प्रदेश सरकार अभिभावक हुने कुरामा कसैले शंका नमान्न अग्रह गरे उनले भने अब सबै नागरिकले काराेना महामारीकाे खाेप पाउने ब्यबस्था सरकारले गरेकाले यसकाे सबैले सदुपयाेग गर्न र यसबाट कोभिड लगायतका अन्य सम्भावित महामारी,बहिरंग तथा इमर्जेन्सी सेवामा ठुलो टेवा पुग्ने बताएका थिए।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा