गाउँपालिका उपाध्यक्ष सिता केसीले गरीन आधारभुत  स्वस्थ्य सेवा केन्द्र दहखाेलाकाे नब निर्मीत ३ काेठे पक्की भवन उद्धघाटन

गाउँपालिका उपाध्यक्ष सिता केसीले गरीन आधारभुत स्वस्थ्य सेवा केन्द्र दहखाेलाकाे नब निर्मीत ३ काेठे पक्की भवन उद्धघाटन

श्रावन २ गते सल्यान

सल्यानकाे छत्रेश्वरी गाउँपालिका वडा नं २ दहखोलामा रहेकाे आधारभुत स्वस्थ्य सेवा केन्द्रकाे नब निर्मीत ३ काेठे पक्की भवनकाे एक कार्यक्रमकाे आयाेजना गरी उद्धघाटन गरिएकाे छ।

विज्ञापन


नेपाल सरकार स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा बिभागकाे आर्थिक सहयाेग रु २९ लाखमा निर्माण गरिएकाे ३ काेठे पक्की भवनकाे उद्धघाटन छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष सिता केसीले गरेकी हुन।


उद्धघाटन कार्यक्रम मा बाेल्दै उपाध्यक्ष सिता केसीले नेपालकाे संविधानमा ब्यबस्था भए बमाेजिम प्रत्येक नागरिककाे लागी स्वास्थ्य सम्बन्धी माैलिक हककाे ब्यबस्था भएकाे र साेही अनुरुप गाउँपालिकाले नेपाल सरकार स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा बिभागकाे आधारभुत स्वस्थ्य सेवा केन्द्र विस्तार गर्ने निर्देशनकाे आधारमा यस वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र दहखाेला स्थापना गरिएकाे बताइन।अव नागरिककाे स्वास्थ्य सेवामा पहुँच तथा निशुल्क सेवा दिन यस केन्द्रले यस वडामा महत्वपुर्ण भुमिका खेल्ने र काेभिड महामारीबाट बाँच्न थप सेवा तथा सुबिधाकाे विस्तार गर्ने उनले बताइन। साथै आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापनाका लागी ६ राेपनी जग्गा दान गर्ने जग्गादाता बिर बहादुर राना र रण बहादुर रानालाइ धन्यवाद दिइन।

कार्यक्रमका विशिष्ट अतिथी तथा वडा नं ५ का वडा अध्यक्ष लिलाधर घर्तीले स्वास्थ्य सेवा पाउने सबै नागरिककाे नैशर्गिक अधिकार भएकाेले राज्यकाे पहिलाे प्राथमिकताका आधारमा आधारभुत स्वास्थ्य सेवा केन्द्र दहखाेला स्थापना भएकाेमा खुसी ब्यक्त गर्दै अब यस बाट दिने सेवाले सबै नागरिक लावान्धित हुने बताए।

कार्यक्रमका अतिती तथा नेकपा माओबादी केन्द्र सल्यानका सह सचिव चित्र बहादुर केसी भास्कर ले माओबादी आन्दाेलन तथा ०६२/०६३ काे जनआन्दाेलन र मधेश आन्दाेलनबाट प्राप्त संबिधान र जन्ताका नैशर्गिक अधिकार प्राप्त भएकाे र यसैकाे प्रतिफल नै आज आधारभुत स्वास्थ्य स्वा केन्द्र दहखाेला स्थापना भएकाे बताए। तत्कालिन दमाचाैर गाविस हुदा यस वडाका बहुसंख्यक आम नागरिक स्वास्थ्य सेवाकाे पहुँचमा नरहेकाे र अव हिजाेकाे जस्ताे स्वास्थ्य समस्या यस वडाका नागरिकले बेहाेर्नु नपर्ने जीकीर गरे। उनले भने नेपालकाे संबिधान तथा संघियताकाे बर्खिलाप गरी आज नेपाली जन्ताले दुइ दुइ पटक नेपालकाे राष्ट्र प्रमुखबाट संबिधान सभाकाे बिघटन जस्ताे निकृष्ठ कार्यमा पनि जन्ताले बिजय गररेकाले अब त्यस्ता शाषक नेपाली जन्ताले कहिल्यै पनि सत्तामा जना नदिनु नै लाेकतान्त्रिक अधिकार भएकाले यस विषयमा सधै जन्ता चनाखाे हुनु पर्ने बताए।

एक माैनधारण गरी सञ्चालन गरिएकाे कार्यक्रममा पुरानाे लाेकसंकृती लहरे पैसेरी आमा समुहकाे स्वागत गित बाट सञ्चालन भएककाे कार्यक्रम अतिथी स्वास्थ्य शाखा प्रमुख केसरी देबि भट्टराई , स्वास्थ्य चाैकी लेखपाेखराका प्रमुख वीर बहादुर वली, नेप ब रावत एन प्रकाश के. सी., शुरेन्द्र बस्नेत , छत्रेस्वरी गाउपालिका भित्रका विभिन्न पर्टीका प्रमुख तथा प्रतिनिधीहरु ,बिद्यालका प्रमुख तथा प्रतिनिधि , विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, जेष्ठनागरिक, दलित ,जनजाती, अपाङ्गता भएका ब्यक्तीहरु महिला स्वास्थ्य स्वंसेबिका आमा समूह काे उपस्थिती रहेकाे कार्यक्रममा २ नं वडा अध्यक्ष तथा स्वास्थ्य संस्था संचालन तथा ब्यबस्थापन समितिका अध्यक्ष प्रेम ब खड्का काे अध्यक्षता रहेकाे कार्यक्रमकाे सञ्चालन सेवा केन्द्र प्रमुख चुडामणी बस्नेतले गरेका थिए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता