सल्यानकाे छत्रेश्वरी गाउँपालिका वडा नं २मा एक टाेल एक उद्यम बिकास कार्यक्रम सुरु

सल्यानकाे छत्रेश्वरी गाउँपालिका वडा नं २मा एक टाेल एक उद्यम बिकास कार्यक्रम सुरु

असार २० सल्यान

सल्यानकाे छत्रेेश्वरी गाउपालिका वडा नं २ दहखाेलामा एक टाेल एक उद्यम विकास कार्यक्रम सुरु भएकाे छ। गत आर्थिक बर्षमा एक टाेल एक उत्पादन कार्यक्रम सञ्चालनकाे लागी पाँच वटा टाेलका २४ जना महिलालाई झोला बुनाइ तालिम दिएकाे थियाे।

विज्ञापन

वडा नं २ काे आर्थिक वर्ष ०७७/०७८काे बार्षिक बिनियाेजित रकम रु एक लाख वाट उक्त कार्यक्रम सुरु गरिएकाे महिला विकास कार्यक्रम अध्यक्ष गंगा परियारले बताइन । वडाले महिलाकाे आत्मनिर्भरता बनाउन झोला बुनाइ उद्याेग सञ्चालनकाे लागी एक टाेल एक तान मेसिन सहयाेग परियारले बताइन।

तान मेसिन हस्तारण गदै वडा अध्यक्ष खडकाले भने हिजाे सम्म चुलाे र चाैकाेमा प्रयाेग गर्ने घरेलु कुटीरी उद्याेगकाे प्रयाेग तथा जीवनशैलीमा मात्र प्रयाेग भएकाेले आज ति घरेलु कुटीरी उद्याेग ब्यबसायमा रुपान्तर भएकाे बताए।

महिला उद्यमी विकास तथा आर्थिक आत्मनिर्भता बढाउन उद्याेग नै स्थापना गरी महिलाकाे जीवन स्तर बढाउन यस वडाले तान मेसिन सहयाेग गरेकाले अव यसकाे प्रयाेग तथा बिकासमा यस वडामा एक टाेल एक झोला बुनाइ उद्याेग वनाउन सके मात्र मेसिनकाे अर्थ रहेन भन्दै अव यस वडाले ब्यबसायिक याेजना बिकास तालिम दिइ थप आत्मनिर्रभरता बढाउन याेजना बनाएकाेले प्राप्त गरेका मेसिनकाे प्रयाेग र संरक्षणमा ध्यान दिनु पर्ने बताए।तान बितरण कार्यक्रममा वडा अध्यक्ष प्रेम बहादुर खड्का कार्यपालिका सदस्य टिगे कामी काे उपस्थिती रहेकाे थियाे।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता