ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कुमाख वडा नं ६ काे वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

कुमाख वडा नं ६ काे वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

असार ३१ सल्यान

सल्यानकाे कुमाख गाउँपालिका वडा नं ६काे आर्थिक बर्ष २०८१/०८२ काे वार्षिक समीक्षा तथा सेवा प्रवाह सम्बन्धि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

विज्ञापन

कुमाख गाउँपालिका सल्यानकाे आर्थिक वर्ष ०८१/०८२ काे बार्षिक विनियोजित बजेटबाट कार्यान्वयन भएका याेजना तथ सार्वजनिक सेवा प्रवाह सम्बन्धि वडा नं ६ काे आयाेजनामा कुमाख ६ बडागाउँमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हाे।


वडा नं ६ का वडा अध्यक्ष कर्णबहादुर बिक काे अध्यक्षता सम्पन्न भएको बार्षिक प्रगति समिक्षा तथा सेवा प्रवाह सम्बन्धि सार्वजनिक सुनुवाइ कार्यक्रममा
वडाले आर्थिक वर्ष २०८१/०८२ काे विनियोजन बजेट सबैभन्दा बढी बजेट रू ४,७२,२५,७४० अक्षरूपी चार करोड बहत्तर लाख पच्चीस हजार सात सय चालिस रूपैयाँ याेजना सम्पन्न भएको सार्वजनिक सुनुवाइ कार्यक्रम मार्फत जानकारी दिएकाे छ।

वडामा सबेै भन्दा धेरै रकम पहिलोपटक प्राप्त भएकाे र उक्त रकम सबै कार्यान्वयन गर्न सफल भएको वडा अध्यक्ष कर्णबहादुर बिकले जानकारी दिनुभएको छ।

अध्यक्ष बिकले सार्वजनिक सुनुवाइ कार्यक्रममा बजेट प्राप्तिका लागि पहल गर्ने संघ सरकार, प्रदेश सरकारका पूर्व मन्त्री भिम प्रकाश शर्मा, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष तथा कर्मचारी, वडा परिवार,उपभोक्ता समिति, तथा लाभग्राही सबैमा धन्यवाद दिनुभएको छ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य जमुना बिककाे बिशेष उपस्थिति रहेको कार्यक्रममा गाउँकार्यपालपका सदस्य तथा वडा सदस्यहरुकाे उपस्थिति रहेकाे कार्यक्रमकाे सञ्चालन वडा सचिव दिलाराम कठायतले गर्नुभएको थियोे ।

याेजनाकाे कार्यान्वयन र सार्वजनिकक विवरण 

 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता