सैनामैनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता सम्पन्न
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा शनिवार सैनामैनाको मुर्गियामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा प्रथम स्थान कलौनी कान्तिपुर इंगलिश बोर्डिङ स्कुल कलौनीले हात पारेको छ भने पशुपति मावि सालझण्डी दोश्रो हुन सफल भएको छ । त्यसैगरी ग्यालेक्सी इंगलिश बोर्डिङ स्कुल तेश्रो भएको छ ।
प्रतियोगितामा प्रथम हुने कलौनी कान्तिपुर इंगलिश बोर्डिङ स्कुल कलौनीले नगद २० हजार, द्वितिय हुने पशुपति मावि सालझण्डले १५ हजार र तृतिय हुने ग्यालेक्सी इङलिश बोर्डिङ स्कुलले १० हजार पुरस्कार तथा प्रमाणपत्र पाएका छन ।
प्रतियोगितामा रुपन्देही जिल्लाका २२ विद्यालयहरुको सहभागिता रहेको थियो ।
त्यसअघि आयोजित उदघाटन समारोहमा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले विद्यालय स्तरबाटै विद्यार्थीहरुलाई नेपाली लोकसंस्कृतिको बिषयमा जानकारी दिन सकियो भने भोलीको दिनमा असल नागरिक निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नारायण लेकालीले लोक भजन पछिल्लोसमय लोप हुंदै गएको र त्यसको संरक्षण र प्रबद्र्धन विद्यालयका बालबालिकाहरुबाट गर्ने उद्देश्यले प्रतियोगिताको आयोजन गरिएको बताउनुभयो ।
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीका अध्यक्ष दामोदर अधिकारीले भजन प्रतियोगिता विद्यालय स्तरमा पहिलो पटक भएकोले यसले नेपाली संस्कार, संस्कृतिको जर्गेना गर्ने बताउनुभयो ।
कार्यक्रम राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीकाे आयाेजना र श्री नवदुर्गा भवानी शैलपुत्री शक्ति पिठ सैनामैनाकाे व्यवस्थापनमा सम्पन्न भएकाे हाे ।


















प्रतिकृया दिनुहोस्