मिम बहादुर परियारद्वारा लिखित ‘कर्णाली हाँस्दो छ कविता संग्रह सार्वजनिक

मिम बहादुर परियारद्वारा लिखित ‘कर्णाली हाँस्दो छ कविता संग्रह सार्वजनिक

कवि मिमबहादुर परियारको पहिलो कृति कविता संग्रह ‘कर्णाली हाँस्दो छ’ सार्वजनिक भएको छ।

कवि तथा साहित्यकार परियारद्वारा लिखित  कर्णाली हाँस्दो छ कविता संग्रह   माता तीर्थ औँसी (आमाको मुख हेर्ने दिन)को अवसर पारेर बिहीवार  विमोचन गरिएको हो।

कर्णालीमा हुने जातीय बिभेद तथा छुवाछूतलाई  विगत देखि वर्तमानको अवस्थाको बारेमा लेखिएको कविता संग्रह  दलित साहित्य क्षेत्रको सांस्कृतिक दस्तावेजको रूपमा लिएको छ।

समता फाउन्डेसन तथा  समता बुक्सले  प्रकाशन गरेको कविता संग्रहभित्र ३५ प्रगतिशील धारका कविता समावेश गरिएको छ।

बिभेद विरुद्ध साहित्य क्षेत्रमा कलम चलाउँदै आएका परियार कर्णाली वासी भएकोले कर्णालीमा जातको आधारमा हुने विभेद श्रृंखलालाई  कविता संग्रहमा दस्तावेज गर्न सफल  भएका छन।

दलित आन्दोलनको सामाजिक संरचना र सांस्कृतिक पहिचानको दस्तावेजको रूपमा कविता संग्रह  कर्णाली हाँस्दो छ’ दलितको  विद्रोहीको आवाज भएकोले  साहित्य क्षेत्रबाट पनि दलित मुक्ति खोज्न तयार हुनु पर्ने कबि परियारले बताएका छन।