सल्यानमा  प्रथम सताईसी कप तथा बृहत सांस्कृतिक कार्यक्रम उद्घाटन

सल्यानमा प्रथम सताईसी कप तथा बृहत सांस्कृतिक कार्यक्रम उद्घाटन

मंसिर २४, सल्यान

सल्यानको कुमाख गाउँपालिका वडा नं. ६ को मेल्टाकुरामा प्रथम सताईसी कप तथा बृहत साँस्कृतिक कार्यक्रम उद्घाटन भएकाे छ।

विज्ञापन

४ दिन सम्म सञ्चालन हुन लागेकाे प्रथम सताइसी कप तथा बृहत साँस्कृतिक कार्यक्रमकाे उद्घाटन कुमाख गाउँपालिका सल्यानका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र बहादुर चन्दले गरेका हुन।

खुल्ला वडास्तरिय   भलिबल प्रतियोगिता अन्तर्गत सल्यान सहित नवलपरासी, सुर्खेत, रुकुम जिल्लाका खेलाडीहरुको समेत सहभागिता रहको छ ।

खुल्ला वडास्तरिय भलिबल प्रतियोगितामा २१ वटा भलिबल टिमले सहभागिता जनाएका छन् ।

साँस्कृतिक कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरुको उपस्थिति हुनेछ भने स्थानीय झाँकी समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेसका युवा नेता प्रेम नारायण बि.क. को सभाध्यक्षतामा उद्घाटन भएको अतिथिहरु कुमाख गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिपक चन्द, इलाका प्रहरी कार्यालय रागेचाैरका इन्चार्ज शशीराम ओली, राष्ट्रिय रेफ्री द्रोण प्रकाश चन्द लगायतको उपस्थिति रहेको थियो ।भलिबल प्रतियोगिताका लागि प्रथम पुरस्कार ७१ हजार १ सय ११, द्वितीय पुरस्कार ५१ हजार १ सय ११, तृतीय पुरस्कार ३१ हजार १ सय ११ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमाणपत्र रहेको प्रचार प्रसार संयोजक शंकर बि.क. तिवारीले जानकारी दिएका छन ।

भलिबल खेल सकिए पश्चात् २७ गते सांस्कृतिक कार्यक्रम  सहित  मेला समापन हुने  आयाेजकले जानकारी दिएकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता