सल्यान मुक्तक किङ स्टेज कभरेजका लागी दश प्रतियोगिहरु छनौट

सल्यान मुक्तक किङ स्टेज कभरेजका लागी दश प्रतियोगिहरु छनौट

मंसिर ९ सल्यान

सल्यान मुक्तक किङ स्टेज कभरेजका लागी दश प्रतियोगीहरु छनौट भएका छन।

विज्ञापन

हाम्रो अभियान सल्यान कला साहित्यको उत्थान भन्ने मुल उदेश्यका साथ सल्यान लोक साहित्य महोत्सव २०७८ का दश प्रतियोगिहरु छनौट भएका छन।

सल्यानका मुक्तक श्रष्टाहरुको हौसला,लेखन वृद्धि,निरन्तर साधना,सम्भावना,उजागर र मुक्तक उन्नयनका लागि जिल्लाका श्रष्टाहरु मात्रै सहभागी हुने गरी ‘सल्यान मुक्तक किङ्’ को विभिन्न चरण पार गरि उत्कृष्ट दशमा पर्नु भएका प्रतियोगीहरुको ‘स्टेज कभरेज’का लागी सल्यान लोक साहित्य महोत्सव हुन लागेको सल्यान कला साहित्य परिषद् सल्यानका अध्यक्ष: भरत रोकाय ‘एक्सन’ बताइएका छन।

सल्यान मुक्तक किङ स्टेज कभरेजका लागी छनौट गरिएका उत्कृष्ट दश प्रतियोगिहरु

१ आरती बुढाथोकी

२ ओम प्रकाश देवकोटा

३ कल्पना परियार

४ डिल्ली केसी

५ नविन मगर

६ मनिषा कुढाथोकी

७ मनोज दाहाल मनु

८ महेश शर्मा रश्मी

९ रिता घर्ती मगर ऋतु

१० सिर्जना बिष्ट

मंसिर २८ गते देखि सुरु हुन लागेको सल्यान लोक साहित्यिक महोत्सव२०७८’ को कार्यक्रम तालिका तथा नियमहरु सार्वजनिक गरिएको छ।

जस अनुसार समय तालिका र नियमहरु निम्न अनुसार निर्धारण गरिएको छ।

१) स्टेज कभरेज ( वाचन )मिति: २०७८/०८/२८ गते

२) नतिजा सार्वजनिकपुरस्कार वितरण मिति: २०७८/०८/२९ गते

‘सल्यान मुक्तक किङ’स्टेज कभरेजमा पालना गर्नुपर्ने नियमहरु

१) मुक्तक,मुक्तक सिद्धान्त भित्र रहनुपर्ने छ।

२) मुक्तक कुनै कृतिमा प्रकाशन र समाजिक संजालमा समेत पोष्ट नगरेको हुनुपर्ने छ ।

३)मुक्तक राजनीति अराजकता,जातिय विभेद,आक्षेप मुक्त, हुनुपर्ने छ ।

४) मुक्तकको कुनै बिषयबस्तु तोकिएको छैन ।

५) प्रतियोगिले एकवटा मात्र मुक्तक वाचन गर्नुपर्नेछ ।

६)निर्णायकको मुल्यांकन निर्णय,अंकको ६०% र परिषदको निर्णय ४०% आधारमा प्रथम ,दोस्रो,तेस्रो क्रमश दशौ स्थानसम्म छनोट गरिनेछ ।

७ )कुनै विवाद आएमा निर्णायक मण्डल र सल्यान कला साहित्य परिषद पदाधिकारीहरुको निर्णय नै अन्तिम निर्णय मान्य हुनेछ ।

पुरस्कारहरु:

दशौ पुरस्कार नगद रु १००० (एक हजार ) प्रमाण पत्र

नौ पुरस्कार नगद रु १००० (एक हजार )प्रमाणपत्र

आठौं पुरस्कार नगद रु १०००(एक हजार ) प्रमाणपत्र

सातौ पुरस्कार नगद रु १००० ( एक हजार ) प्रमाणपत्र

छैठौं पुरस्कार नगद रु १००० (एक हजार )प्रमाणपत्र

पाचौं पुरस्कार नगद रु १५०० (पन्ध्र सय )प्रमाण पत्र

चौथो पुरस्कार नगद रु २०००(दुई हजार ) प्रमाण पत्र

तृतीय पुरस्कार नगद रु ४०००(चार हजार ) प्रमाणपत्र

दोस्रो पुरस्कार नगद रु ५००० (पाँच हजार )प्रमाणपत्र

प्रथम पुरस्कार नगद रु ६००० (छ हजार ) प्रमाणपत्र र ट्रफि

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता