पाल्पामा एकल साहित्य वाचन कार्यक्रम सम्पन्न
२०७८ भदाौ १८ सन्जुदेवि परियार,पाल्पा
पाल्पामा एकल साहित्य वाचन कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको रामपुर नगरपालिका वडा न ६ स्थित कौंवामा आज रामपुर साहित्यिक प्रतिष्ठानको आयोजनामा एकल साहित्य वाचन कार्यक्रम सम्पन्न भएको हो।
रामपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष बासुदेब ढकालको अध्यक्षतामा एकल साहित्य वाचन कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा साहित्यिक क्षेत्रमा रुचि सहित विभिन्न बिधामा आफ्नो प्रतिभा (कला) लाई निरन्तरता दिदै आएका चापाकोट नगरपालिका वडा न ८ आसुकवि खगुपती घिमिरेले धाराप्रबाही साहित्य वाचन सहित आफ्नो प्रस्तुती राखेका थिए।
साहित्य क्षेत्रलाई माया गरि रामपुरमा पनि यसको जगेर्ना गर्दै निरन्तरता दिनुपर्छ भन्ने उध्देस्यले स्थापना भएको रामपुर साहित्यिक प्रतिष्ठान रामपुरले यसअघि पनि रामपुरका विभिन्न ऐतिहासिक सभ्यता बोकेका रमणीय ठाउँहरुमा यस्ता कार्यक्रमहरु गर्दै आइरहेको थियो।
यी यस्ता कार्यक्रमको आयोजनाले लुकेर रहेका कला साहित्यलाई बाहिर ल्याइ लोप हुनबाट जोगाउन ठुलो टेवा पुर्याउने उद्श्यले सञ्चालन गरेको साहित्यिक कार्यक्रममा रामपुर साहित्यिक प्रतिष्ठान उपाध्यक्ष हुमा देवकोटाको स्वागत मन्तव्य बाट सुरु भएको एकल साहित्य रचना वाचन कार्यक्रममा पत्रकार महासंघ जिल्ला सदस्य दुर्गेश मल्ल, रामपुर नगरपालिका वडा न ६ का वडा सदस्य थिरलाल ढकाले नेपाली मौलिक साँस्कृतिको संरक्षण तथा सम्बर्धन गर्न यसको महत्वपुर्ण भुमिका रहेकाे बताएका थिए।
एकल साहित्य वाचन कार्यक्रममा रामपुर साहित्यिक प्रतिस्ठानका सदस्यहरु,पत्रकारहरु लागायत साहित्य बिधालाइ माया गर्नुहुने साहित्य पारखी हरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन रामपुर साहित्यिक प्रतिस्ठानका सचिब गोभिन्द भट्टराईले गरेका थिए।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा