कबिता ज……..नाँइ
मैले सहनाई बजाए
उसले जनै लगायाे
ऊ छुत भयो
म अछुत भए ।
उसले डाेरी लगायाे
चाेखाे भयो
हेरक ठाउँमा चल्ने भयो
मैले पाइन
म नचल्ने भए ।
एउटा डाेरीकाे तागत
अचम्मको छ
त्यसको जात छ
थर छ, चलन छ
रबाफ अहंकार छ
रेखा काेरिदिएकाे छ
सिमा निर्धारण गरिदिएको छ।।
मान्छे मान्छेबिच पर्खाल बनाइदियाे
स्वागत बहिष्कारको नीति सुनाइदियाे ।।।
बर्षाैदेखि बाँधेको छ
बन्द गरेकाे छ
सम्बन्धका ढाेका
राखिदिएकाे छ साँध
बाँडेकाे मान्छे
भाँडेकाे छ समाज ।
मलाई पर बसाइ दियो
पराँइ बनाइदियाे
ठाउँ देखाइदियाे
उसलाई ठूलो बनाइदियाे
मान्छे नचिन्ने बनाइदियाे ।
उसको र मेरो भगवान एकै
हाे भाषा भूगोल धर्म उहीँ हाे
मर्दा पर्दा चाहिने हामी नै हाे
सँग सँगै गएका थियौं
राेएका थियौं हाँसेका थियौं
तर एउटा डाेरीले
जात देखाइ दियाे
साथ भत्काइदियाे
आफ्नाे औकात देखाइदियाे ।
साथी अब बिउँझिने कि
यस्ता विभेदकारी डाेरी
कतिन्जेल लगाउँछाैं शरीर माथि
पुगेन र अब
धित् त पर्नुपर्ने हाे ?
धेरैलाई डाेरीले बाँधिसक्याैं
मारिसक्याैं, बगाइसक्याैं
अब त भयो हाेला ?
मान्छे बनाैं साथी
कि सबैले लगाउँ
हाेइन भने बगाउँ
धेरै भयो अति भयो
जागाैं जलाउँ चुडाँउ
बाधक डाेरी
विभेदकारी डाेरी
विखण्डनकारी डाेरी ।
लेखक प्रध्यापक मिम बहादुर परियार जुम्ला निवासी हाल काठमाडाै हुनुहन्छ ।
प्रकाशित मिती २०७८ भाद्र ६ गते बिहान ६ बजे
लेखकको सम्वन्धमा