बादशाह।
मिम बहादुर परियार
श्रीपेजमा सजिएका
सुकिला मुकिला राैतेलाभन्दा
यी नाङ्गो शरीरमा रमेका लाल राैतेला
हजार गुणा धनी छन्
बलवान् छन्, ज्ञानी छन् ।
भाेकाे पेटले हाँस्नु
नाङ्गो आङ्गले शिशिरकाे जाडाे राेक्नु
आँसु भरिएका आँखाले देख्नु
दुख पीडा भरिएको मुहारलाई
मुस्कान भर्न कहाँ सजिलो छ र !
यी लाल राैतेलालाई
थाहा छ,बानी परेको
छ दुख: ओड्ने , पीडा ओछ्याउने
धाेखा खाएर
आँसु पिउने लत बसेको छ ।
लेखक मिम बहादुर परियार जुम्ला निवासी प्रध्यापक हुनुहुन्छ । २०७८ भदाै १ गते हाल काठमाडाै
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा