ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
राउटे समुदायका मुखिया शाहीकाे मृत्युु

राउटे समुदायका मुखिया शाहीकाे मृत्युु

२०८२  बैशाख १६

लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन भएको छ ।

विज्ञापन

अत्यधिक मदिरा सेवनका कारणले गएराति साढे ९ बजेतिर उनको निधन भएको राउटे समुदायसँग काम गर्दै आएको संस्था सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिनुभएकाे छ।

सूर्यनारायण २०७२ जेठमा मुखिया बनेका थिए ।राउटे समुदाय अहिले दुई ठाउँमा छुट्टिएर बस्दै आएको छ ।

उनी एउटा समूहको नेतृत्व गर्दै बराहताल गाउयँपालिका–८ सुर्खेतको सोतखोलामा बस्दै आएका थिए । अर्को समूह भने दुई मुखियासहित वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता