सल्यानमा २० दिने मुढा तथा र्याक बनाउने तालिम सम्पन्न
सल्यान, असार ३ गते ।
सल्यानकाे दार्मा गाउँपालिका वडा नं २ मौलेखालीमा २० दिनसम्म सञ्चालन गरिएको बाँसका मुढा तथा र्याक बनाउने तालिम एक कार्यक्रमका वीच सम्पन्न भएको छ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजना तथा दार्मा गाउँपालिकाको समन्वय तथा व्यवस्थापनमा बाँसकाे मुढा तथा र्याक बनाउने २० दिने तालिम एक कार्यक्रमका दार्मा २ माैलेखालीमा सम्पन्न भएको हो।
तालिममा सहभागीहरूले बाँसबाट विभिन्न प्रकारका मुढा, र्याक तथा अन्य घरायसी सामग्री निर्माण गर्ने सीप हासिल गरेका छन्।
तालिम समापन कार्यक्रममा दार्मा गाउँपालिका सल्यानकाे उपाध्यक्ष जुना मल्लले तालिमका सहभागीहरुलाइ प्रमाणपत्र हस्तान्तरण गर्दै तालिम लिनु मात्रै ठूलो कुरा नभएको बताउँदै सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिनुभयो।
उहाँले तालिमले जीविकोपार्जन तथा आर्थिक जीवनस्तर सुधार गर्न मद्दत गर्ने भएकाले रैथाने सीप तथा प्रविधिकाे ज्ञान सीपबाट सहभागीहरू उद्यमशील बन्न आवश्यक रहेको बताउनुभयो।
तालिमबाट उत्पादन गरिएका सामाग्रीकाे बजार छैन भन्ने चिन्ता नलिनु बरु उत्पादनमा गुणस्तर कायम गर्न सके पालिका त्यसकाे बजार र बजारीकरण गर्न तयार रहेको बताउनुभयो ।
स्थानीय स्तरमै उपलब्ध हुने बाँसजन्य स्रोतसाधनको उपयोग गरी स्वरोजगार सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमले सहभागीहरूलाई आत्मनिर्भर बन्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता















लेखकको सम्वन्धमा