व्यवसाय प्रवर्द्धनका लागि छत्रेश्वरी गाउँपालिका द्वारा उद्यमीहरूलाई प्रविधि सहयोग
असार १७ सल्यान
व्यवसाय प्रवर्द्धनका लागि छत्रेश्वरी गाउँपालिका द्वारा उद्यमीहरूलाई प्रविधि सहयोग गरिएको छ
छत्रेश्वरी गाउँपालिका सल्यानकाे आर्थिक वर्ष २०८१/०८२काे बार्षिक बजेट बाट गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत उद्यमीहरुलाई ५० प्रतिशत अनुदानमा प्रविधि सहयोग गरिएको हो ।

मंगलबार आज भोटेचौरमा एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी र उपाध्यक्ष बुद्धा कुमारी खत्री तथा प्रमुख प्रशासकीय अधिकृत श्री गुरु प्रसाद योगीले उद्यमीहरुलाई फ्रिज, डिफ्रीज, सिलाइ तथा इन्टरलक मेसिनहरु हस्तान्तरण गर्नुभएको छ।
सार्वजनिक सूचना जारी गरेर आवेदन दिएका उद्यमीहरुको व्यवसाय स्थलगत रुपमा नै अनुगमन गरी कानुनी रुपमा दर्ता गरेर व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरुलाई प्रविधिमा ५० प्रतिशत अनुदान दिईएकाे छ।
जस अन्तर्गत ४ जना उद्यमीहरुलाई फ्रीज, एक जनालाई डिफ्रिज, ४ जनालाई सिलाई मेसिन तथा २ जनालाई इन्टरलक मेसिन हस्तान्तरण गरिएको हो ।
छत्रेश्वरी गाउँपालिकाले चालु आर्थिक वर्षमा नै ८५ जनालाई विभिन्न सीप विकास सम्बन्धी तालिम पनि प्रदान गरेकाे पालिका सरकारले ३४ जनालाई कटाई सिलाई आधारभुत तालिम र १३ जनालाई एड्भान्स तालिम, १८ जनालाई गुडिया बनाउने, १२ जनालाई चप्पल बनाउने र ८ जनालाई सिलाई मेसिन मर्मत गर्ने सीप विकास तालिम प्रदान गरेकाे छ।
गरिबी निवारणका लागि लघु उद्यम विकास तथा व्यवसाय प्रवर्द्धन गर्न प्रविधि सहयोग गरिएको जानकारी उद्यम विकास शाखा प्रमुख निमा बस्नेतले दिनुभएको कार्यक्रमको संचालन उद्यम विकास सहजकर्ता श्री विश्वबन्धु डाँगीले गर्नुभएको थियो ।
#व्यवसाय प्रवर्द्धनका लागि छत्रेश्वरी गाउँपालिका द्वारा उद्यमीहरूलाई प्रविधि सहयोगसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता



















लेखकको सम्वन्धमा