ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध

विज्ञान र अन्धविश्वास बिचको अन्तरविरोध

आजभन्दा करिब ३ लाख १५ हजार बर्ष अगाडि मानव जिवनको बिकास भय पश्चात बिभिन्न कालखण्डमा मनुष्यले अनेक क्रिया र घटनाहरुका कारणलाई सहजै बुझ्न सक्दैनथ्यो । बाध्यतावश क्रियाहरु र घटनाक्रमलाई जान्नको लागि कुनै न कुनै धारणा बनाउनु पर्ने आवश्यकता थियो र परिस्थिति अनुसार बिभिन्न धारणा र विचारको सृजना भय जुन सत्यलाई बुझ्ने पहिलो प्रयास थियो । बिस्तारै ति बिचारहरु पुस्तान्तरण हुँदै गयो र बिभिन्न समुह अनुसार धर्ममा परिणत हुँदै गयो।

जब बिज्ञानको बिकास भयो नयाँ तथ्यहरु पत्ता लाग्दै गय ति कतिपय विश्वासले विज्ञानमा योगदान गरे त कतिपय अन्धविश्वासमा परिणत भय। विज्ञानको प्रकाशमा पनि अन्धविश्वास हरायर गयनन कुनै न कुनै कुनामा लुकेर बारम्बार तथ्य र बिज्ञानमाथि प्रहार गरिरहे र गरि नै रहेकाछन। अन्धविश्वास सबै राष्ट्रमा सबै धर्ममा रहेको छ कसैमा थोरै र कसैमा धेरै भनेर अंकगणितिय भिन्नता होला तर तात्विक भिन्नता भने छैन।

विज्ञापन

पछिल्लो समय पशुपतिमा भयको कोटिहोममा आयका कथावाचक र उनिहरुको वाचनको कारणले गर्दा धेरै विवादहरु र बिभिन्न खेमाहरु देखिएका छन अझै भनौ भर्खरका नावालकहरु जस्को सिकाईको उमेर हो जो देशको भविष्यका कोपिलाहरु हुन उनिहरुलाई नै विज्ञान रोज्ने कि अन्धविश्वास भन्नेमा दोधार बनाईरहेको छ हाम्रो समाज। विज्ञान र धर्ममा कुन सर्वश्रेष्ठ भन्ने चर्चा चलाईरहेका छन। म भन्छु जसरि आज पछि भोलि आउँछ त्यसै गरि विज्ञान भन्दा पहिला धर्म थियो जुन हाम्रो वरिपरिको वातावरण परिवेश र क्रिया लाई बुझ्ने पहिलो प्रयास थियो । त्यो परिस्थितिमा धर्मको कुनै बिकल्प नै थियन समयक्रम सँगै विज्ञान को सुरुवात भयो मानिसहरु तार्किक हुन थाले , तथ्यको पछि लाग्न थाले र हाम्रा ति विश्वास अन्धविश्वासमा परिणत भय।
बिज्ञान र अन्धविश्वासमा जतिसुकै तुलना गरिएपनि जतिसुकै समानता देखाउन खोजियपनि विज्ञानको सहारामा अन्धविश्वासलाई प्रमाणित गर्न खोजियपनि विज्ञान र अन्धविश्वास अथवा धर्ममा ठुलो अन्तरविरोध रहेको छ।

विज्ञान अनुभवजन्य प्रमाणमा आधारित छ बिभिन्न परिकल्पना (Hypothesis) लाई परिक्षण गरेर पटक पटक एउटै नतिजा प्राप्त भएपछि मात्र मानिन्छ तर अर्कोतर्फ अन्धविश्वास बिभिन्न ऐतिहासिक तथा धार्मिक सास्कृतिक पृष्ठभुमिबाट आयका हुन्छन जुन व्यक्तिगत आस्थामा निर्भर रहन्छ। विज्ञानबाट आयका नतिजाहरुलाई पुन परिक्षण गरेर गलत प्रमाणित गरि अर्को नतिजामा पुग्न सकिन्छ जुन अन्धविश्वासमा सकिदैन त्यहि कुरालाई सत्य प्रमाणित गर्न अनेकौँ प्रयास गरिन्छन जसरि पछिल्लो घटनामा एकजना माताले भनेको शब्दहरु थिय ” सिंहको प्रिय भोजन गरु , हरुको प्रिय भोजन मयुर , मयुरको प्रिय भोजन सर्प, सर्पको प्रिय भोजन मुसा” अब यहि शब्दमा धेरै अन्तर बिरोध देखिय कतिपयले चर्को आलोचना गरे कि अपबाद वाहेक गरु त शाकाहारि हो यस्ले मयुर कसरि खान्छ। अर्को अन्धविश्वासि खेमा यसलाई बचाउने पक्षमा रह्यो जसमा तर्कहरु गरिय मयुर त पंक्षी मात्र हुँदैन वनस्पति पनि हुन्छ गरिको प्रिय भोजन त बनस्पति मयुर हो अर्थात फुल । ठिक छ एकछिन मानिलिउँ गरुको प्रिय भोजन बनस्पति मयुर हो तर कुन चै बनस्पति मयुरले मांसाहारी आहार गर्छ , सर्पको भोजन गर्छ ? हो कतिपय बनस्पतिले मांसाहारी भोजन गर्छन तर ति मांसाहारी भोजन गर्ने वनस्पतिमा मयुर प्रजातिको कुनै बनस्पति पर्दैन ।

यो त एउटा उदाहरण मात्र हो यस्ता अन्धविश्वास धेरै जकडियर बसिरहेको छन हाम्रो समाजमा जस्तो कि बिरालोले बाटो काटेमा अशुभ मानिने , कतिपय पसलमा खराब शक्तिबाट बच्न व्यवसायिले खुर्सानी र कागति झुन्डायका हुन्छन, रातिमा नङ नकाट्ने, साईत पारेर हिड्ने यसप्रकारका धेरै अन्धविश्वासहरु रहेका छन । त्यसैमाथि नेपाल र भारतका धेरै कथावाचन र धर्मगुरु जसले थप अन्धविश्वासलाई प्रोत्साहन गरिरहेका छन जस्तो गाईको गोबरले मुख धोयर सुन्दरता बढाउने , गाईको पिसाब खाएर क्यान्सर निको पार्ने , कालो टिका लगायर नजर नलाग्ने , गाईले अक्सिजन लियर अक्सिजन फाल्ने , होम तथा यक्ष गर्दा निस्किने धुवाबाट अक्सिजन प्राप्त हुने यस्ता अनेकौ अन्धविश्वास छ जसको पछाडि कुनै तथ्य छैन। तर शिक्षित व्यक्तिहरु र प्रध्यापक हरु पनि यस्ता अन्धविश्वासका पछि लागेको देख्दा आश्चर्य लाग्छ अझ उनिहरुकै तर्क हुन्छ यो आस्थाको विषय हो आस्थाको विषयमा प्रश्न गर्ने तँ को ? यदि यस्ता अन्धविश्वास जसमा कुनै तथ्य छैन यि आस्थाका बिषय हुन भने श्रीमान मर्दा श्रीमतीलाई जिउँदै जलाउने सति प्रथा के हो ? पहिलोपटक रजस्वला भयको बालिकालाई छाउगोठमा राखेर सर्पले टोकायर मार्ने छाउपडि प्रथा के हो ? बोक्सिको आरोपमा गरिव परिवारको छोरि चेलिलाई दिशा पिसाव खुवाउने पनि आस्था नै हो ? यसप्रकार आस्था र व्याक्तिगत सोच भनेर सबैले प्रश्न गर्न छोड्ने सचेतना जोगाउन छोड्ने हो भने समाज कता जान्छ? विज्ञान र प्रविधिको युगमा अरुले भनेको अथवा सुनेकै भरमा विश्वास गर्ने भन्दा पनि व्यवहारिक र अनुभवजन्य प्रमाण खोज्नु उचित हुन्छ ,तर्क गर्ने प्रश्न गर्ने बानिको बिकासले नै समाजलाई अगाडि बढाउन सकिन्छ ।

त्यसकारण शिक्षित नागरिक र तार्किक व्याक्ति हरुले यस्ता अन्धविश्वासको बिरुद्धमा आवाज उठाउन सचेतना जगाउन अनिवार्य छ । विज्ञान र अन्धविश्वासको अन्तरविरोधलाई बुझ्न जरुरि तथा व्याख्या गर्न जरुरि छ। जबसम्म व्यक्तिगत आस्था , धर्म र विचारले समाजलाई हानि गर्दैन तब सम्म ठिक छ जब यस्ता बिचारले बालबालिकाको मानसपटलमा नकारात्मक प्रभाव पार्छ समाजलाई पछाडि धकेल्ने चेष्टा गर्छ तब आवाज उठाउन आवश्यक छ र तार्किक व्यक्तिहरुले आवाज उठाईरहेनेछन प्रश्न गरिरहने छन।