ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कर्णालीमा स्वास्थ्य पत्रकार मञ्च गठन, अध्यक्षमा बसेल

कर्णालीमा स्वास्थ्य पत्रकार मञ्च गठन, अध्यक्षमा बसेल

चैत २१ सुर्खेत ।

सुर्खेतमा स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुले स्वास्थ्य पत्रकार समुह  निर्माण   गरेका छन।

विज्ञापन

पत्रकारिताको माध्यमबाट स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरु संगठित रुपमा पहिलो पटक कर्णालीमा  स्वास्थ्य पत्रकार मञ्च कर्णाली गठन गरेका हुन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित स्वास्थ्य पत्रकार मञ्च समुहको बैठकबाट नयाँ कार्य समिति चयन गरेको छ।

जसको अध्यक्षमा ललित बसेल निर्विरोध चयन हुनुभएको  कार्य समितिमा उपाध्यक्षमा तृप्ती शाही, महासचिवमा नन्दराम जैशी, सचिवमा मिन बहादुर रावल (रमेश) र कोषाध्यक्षमा गीता थापा सदस्यमा देवबहादुर राना र टेकराज केसी निर्विरोध चयन भएका छन।

पदाधिकारी चयनपछि स्वास्थ्य पत्रकार मञ्च कर्णालीले अब बिट रिपोटिङका आधारमा स्वास्थ्य क्षेत्रका गतिविधिबारे खोज तथा सन्देशमुलक सामाग्री प्रकाशन तथा प्रचार प्रसार गर्ने बताएको छ ।
मञ्चका अध्यक्ष ललित बसेलले कर्णालीमा स्वास्थ्य क्षेत्रका समस्या समाधानको विकल्पबारे पत्रकारिता मार्फत भुमिका निर्वाह गर्ने उल्लेख गर्दै राम्रा कामको प्रचार गरेर अन्य प्रदेशलाई सन्देश दिने बताउनुभयो । त्यही अनुसार सबै पदाधिकारीस्लाई कलम चलाउन उनको भनाइ छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता